समाचार
भाद्र १३, २०७५

पश्चिम सेतीबाट थ्री गर्जेज पछि हट्ने संकेत, निर्णायक भनिएको वार्ता निष्कर्षविहीन

चाइना थ्री गर्जेज इन्टरनेसनलले ७५० मेगावाटको जलाशययुक्त आयोजना पश्चिम सेती निर्माणको जिम्मेवारीबाट पछि हट्ने संकेत गरेको छ ।

बाजेको सेकुवा खोल्न आदेश

गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ ।

राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपतिबीच भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्तले आज साँझ राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन् । 

बलात्कारका घटना बढेकाेमा अन्तरपार्टी महिला सञ्जालको चिन्ता

बलात्कार र महिला हिंसाको घटना बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

धितो राखेको साढे ७ किलो सुन अपचलन गर्ने बैंकका कर्मचारी र ऋणी पक्राउ

सिटिजन्स बैंक इन्टरनेशलनलाई दुई करोड २८ लाख ३८ हजार बराबरको नोक्सानी गराउने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ADVERTISEMENT

टिआरसी बनाउँदा अहिले दु:ख पाएँ : दाहाल

दस वर्षे सशस्त्र संघर्षको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त्यो बेलाका घटनाका विषयमा छानबिन गरेर न्याय दिन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) आफ्नै जोडबलमा गठन भएको र अहिले त्यसैका कारण दु:ख पाएको बताएका छन् । 

अस्पतालको आँगनमै पोस्टमार्टम

उपचारार्थ गजुरी अस्पताल पुग्नेहरू कहिलेकाहीँ मूल गेटबाट भित्र पस्नासाथ झस्किन्छन् । अस्पतालको आँगनमै थोरै पर्दाले बारेर शव चिरिएको हुन्छ । नहेरौं भन्दा पनि देखिन्छ ।

टुंगिएन इन्काउन्टर अनुसन्धान

राष्ट्रिय मानवअधिकार आयोगले अपहरणपछि हत्यामा संलग्न भनिएका दुई युवकमाथि विवादास्पद प्रहरी इन्‌काउन्टर घटनाको अनुसन्धान २० दिन बित्दा पनि टुंग्याएको छैन । 

राष्ट्रियसभा मातहतका समिति सभापतिले लिए शपथ 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ADVERTISEMENT

प्रधानमन्त्री ओली र भुटान सरकारका प्रमुख सल्लाहकार ल्योन्पोबीच भेटवार्ता

प्रधानमन्त्री केपी ओली र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकबीच बुधबार भेटवार्ता भएको छ ।

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

सफा, सुन्दर र रमणीय शहर बनाउने ध्येयलेसहित निर्माणाधीन सडक विस्तार, ग्राभेल, कालोपत्रे, ढल निकासका लागि ड्रेन निर्माण, टेलिफोन, इन्टरनेट, खानेपानी र विद्युत लाइन मर्मतसम्भार कार्यमा तिव्रता दिइएको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौंमा

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आइपुगेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिनका लागि बुधबार अपरान्ह सिरिसेना काठमाडौं आइपुगेका हुन् ।

खडेरी पीडितको माग- 'अरु केही चाहिँदैन, पानी भए पुग्छ'

खडेरी पीडित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो र तेह्रथुमबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद लक्ष्मण तिवारी सहितका सरकारी कर्मचारी समक्ष स्थानीय लाखबहादुर लिम्बुले एउटै मात्र माग पटक पटक राखे, ‘पेट भरी पानी दिनुस, सडक, बिजुली, विद्यालय अरु केही विकास नभए पनि हुन्छ’ । 

ADVERTISEMENT
ADVERTISEMENT

ठूला ठेकेदार र सचिवबीच सेटिङ छ : पूर्व प्रधानमन्त्री दाहाल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाले ठूला निर्माण व्यवसायी (ठेकेदार) र सरकारका सचिवबीच सेटिङ हुने गरेको अाराेप लगाएका छन् । बुधबार भरतपुरमा अायाेजित निर्माण व्यवसायी संघ चितवनकाे २५ अाैं वार्षिक साधरणसभा उद्घाटन कार्यक्रममा नेता दाहालले अाफूले ल्याएका याेजना लत्याउँदै सचिवहरूले अाफ्नै सुर गर्ने गरेकाे बताए ।

राष्ट्रियसभा समितिका सभापति निर्विरोध

राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो ।

म्यानमारका राष्ट्रपति मिन्ट लुम्बिनीमा

म्यानमारका राष्ट्रपति विन मिन्ट बुधबार दिउँसो बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । उनी मायादेवीको मन्दिरमा पुजा गरेर म्यानमारको गुम्बा पुगेका छन् ।

९ महिने बालिका अपहरणपछि हत्या गर्ने अपराधीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

औरही नगरपालिकामा एक दुधे बालिकाको अपहरणपछि हत्या गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नगरपालिकाको वडा नं १ स्थित औरही बजारका किराना पसलका सञ्चालक सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको गत आइतबार अपहरणपछि हत्या गरिएको थियो ।

ADVERTISEMENT

उच्च अदालतको कामप्रति कानुन व्यवसायी असन्तुष्ट

मोरङ र सुनसरीका कानून व्यवसायीले उच्च अदालत विराटनगरको ‘कतिपय न्यायिक काम कारबाही’ मा चित्त नबुझेको भन्दै मंगलबार अदालतलाई २२ बुँदे सुझाव बुझाएका छन् ।

बिमस्टेक मन्त्रीस्तरीय बैठक सकियो, अधिकांश एजेन्डामा समझदारी

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक बुधबार सम्पन्न भएको छ । 

घरको दलिन भाचिँदा एकै परिवारका ५ को मृत्यु

बाग्चौर नगरपालिका-४ सेतोगुराँस गाउँमा घरको दलिन र पर्खाल भत्केपछि च्यापिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

प्राथमिकतामा भीभीआईपी उडान

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुने सरकार तथा राष्ट्र प्रमुखहरूको (भीभीआईपी) उडानलाई प्राथमिकता दिन मंगलबारदेखि आइतबारसम्म ६ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय कमर्सियल उडान ‘प्रभावित’ हुने भएका छन् ।

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार काठमाडौंमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक बुधबार बिहान राजधानी आइपुगेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

किशोरी हत्या प्रकरण: विष्टको स्वास्थ्य परीक्षण काठमाडौंमा

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले साताअघि सार्वजनिक गरेको दिलीपसिंह विष्टलाई स्वास्थ्य परीक्षण गर्न मंगलबार काठमाडौं पठाइएको छ ।

‘संहितामा कमजोरी भए सच्याइन्छ’

प्रधानमन्त्री केपी ओलीले भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी र देवानी संहितामा कमजोरी भए सच्याउन तयार रहेको बताएका छन् । मंगलबार संसद्मा सम्बोधन गर्दै उनले संहिता एक वर्षअघि नै प्रमाणीकरण भएकाले अहिले सरकारलाई गाली गर्नुको औचित्य नभएको बताए ।

डढे गाउँलाई बल्ल नयाँ नाम

तिनाउ गाउँपालिका–२, दोभानवासी घर कहाँ हो भनेर सोध्दा दिक्क मान्थे । गाउँको नाम भन्नै लाज लाग्ने गरेको दोभानका खगेन्द्र केसीले बताए । त्यही डढे गाउँ अब हरियाली गाउँका नामले चिनिन थालेको छ ।

पप्पुको लापरबाहीले पुल भासिएको ठहर

ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बबई नदीको जब्दीघाटस्थित पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ । समितिले सोमबार पुल महाशाखालाई बुझाएको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनको ‘गम्भीर’ लापरबाहीलाई कारण मानिएको महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।

बिमस्टेक सम्मेलन : प्रसारण लाइनको समझदारीपत्र

बिमस्टेकको चौथो शिखर सम्मेलनले अनुमोदन गर्ने विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्र (एमओयू) मंगलबार तयार भएको छ ।