२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घरको दलिन भाचिँदा एकै परिवारका ५ को मृत्यु

बिप्लब महर्जन

सल्यान — बाग्चौर नगरपालिका-४ सेतोगुराँस गाउँमा घरको दलिन र पर्खाल भत्केपछि च्यापिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

घरको दलिन भाचिँदा एकै परिवारका ५ को मृत्यु

मंगलबार राति ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्केर च्यापिँदा ४० वर्षीय बाबु रामसिंह कामी, ३५ वर्षीया आमा रामकला कामी उनकी ७ वर्षीया छोरी गंगा बिक, ६ वर्षीया प्रमिला बिक र ४ वर्षीय छोरा रुपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


एउटै कोठामा लहरै सुतेका मध्ये ११ वर्षिया सुनिता बिक घाइते भएकी र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी गराए । आर्थिक अवस्था कमजोर भएका बिक जिर्ण घरमा बस्दै आएका थिए ।


प्रकाशित : भाद्र १३, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?