२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बिमस्टेक मन्त्रीस्तरीय बैठक सकियो, अधिकांश एजेन्डामा समझदारी

बैठकमा भारत, श्रीलंकाबाट राज्यमन्त्री र भुटानबाट परराष्ट्र सचिवको उपस्थिति,

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक बुधबार सम्पन्न भएको छ । 

बिमस्टेक मन्त्रीस्तरीय बैठक सकियो, अधिकांश एजेन्डामा समझदारी

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा भएको बैठकमा सदस्य देशका परराष्ट्र/बाह्य मामिला/विदेशमन्त्रीले सम्बोधन गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मंगलबार सम्पन्न बिमस्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश गरिए । 'अधिकांश एजेन्डामा समझदारी जुटेको छ,' परराष्ट्रका एक अधिकारीले भने, 'विस्तृत विवरण साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने छ ।'


त्यसैगरी बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौं घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिइएको छ । उक्त मस्यौदा बिहीबारबाट सुरु हुने चौथो शिखर सम्मेलनमा पशे गरिनेछ ।


बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशसचिव अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भिके सिंहले गरेका थिए ।


यसैगरी म्यान्मारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिएका थिए ।


बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गरेका छन् । भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?