म्यानमारका राष्ट्रपति मिन्ट लुम्बिनीमा

माधव ढुंगाना

लुम्बिनी — म्यानमारका राष्ट्रपति विन मिन्ट बुधबार दिउँसो बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । उनी मायादेवीको मन्दिरमा पुजा गरेर म्यानमारको गुम्बा पुगेका छन् ।

म्यानमारका राष्ट्रपति मिन्ट लुम्बिनीमा

बिहान ११ बजे भैरहवासम्म जहाजमा र त्यसपछि हेलिकप्टरमा लुम्बिनी पुगेका राष्ट्रपति मिन्ट ३ बजे काठमाडौं फर्कने छन् । म्यानमार बुद्धधर्माबलम्बीहरुको बाहुल्यता भएको मुलुक हो ।


उनी बिहीबारदेखि सुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन मंगलबार अपराह्न काठमाडौं आइपुगेका थिए ।


म्यानमारको गुम्बा भ्रमणपछि उनले पण्डितरामा ध्यान केन्द्रमा ध्यान गर्नेछन् ।

उनलाई लम्बिनीमा संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका थिए । राष्ट्रपति मिन्ट लुम्बिनी आउने भएपछि भ्रमण तथा दर्शनका लाग आएकालाई परिसरबाहिर नै रोकिएको छ ।

म्यानमारको राष्ट्रपति विन मिनको भ्रमणका कारण लुम्बिनी परिसरमा रोकिएका सर्वसाधारण । तस्बिर : माधव ढु‌ंगाना । कान्तिपुर ।

म्यानमारका राष्ट्रपति मिन्टलाई लुम्बिनी गुरुयोजनाका बारेमा कोषका हरिध्वोज राईले जानकारी गराएका थिए भने पुरातत्वविद् सन्त बिडारी लुम्बिनीको महत्व बारे बताएका थिए ।


प्रकाशित : भाद्र १३, २०७५ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?