२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौंमा

काठमाडौँ — श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आइपुगेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिनका लागि बुधबार अपरान्ह सिरिसेना काठमाडौं आइपुगेका हुन् ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौंमा
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौंमा

उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल स्वागत गरेका थिए । सम्मेलन बिहीबार र शुक्रबार काठडमाडौंमा हुँदैछ । सम्मेलनमा भाग लिनका लागि म्यानमारका राष्ट्रपति मंगलबार र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक बुधबार बिहान राजधानी आइपुगेका छन् ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौंमा

बिमस्टेकमा नेपाल अध्यक्ष रहेको छ भने बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटानका राष्ट्र प्रमुखहरु सम्मेलनमा सहभागी हुने छन् । बिमस्टेक सन् १९९७ मा स्थापना भएको हो । बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो । नेपालमा हुन लागेको चौथो सम्मेलन हो ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौंमा

तस्बिरहरुः अंगद ढकाल/ कान्तिपुर


प्रकाशित : भाद्र १३, २०७५ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?