कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

शाहीमान राई

जनकपुर — सफा, सुन्दर र रमणीय शहर बनाउने ध्येयलेसहित निर्माणाधीन सडक विस्तार, ग्राभेल, कालोपत्रे, ढल निकासका लागि ड्रेन निर्माण, टेलिफोन, इन्टरनेट, खानेपानी र विद्युत लाइन मर्मतसम्भार कार्यमा तिव्रता दिइएको छ ।

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस
जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

जनकपुर उपमहानगरपालिका एकिकृत शहरी विकास आयोजनाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माणधीन आयोजना तोकिएकै समयमा पूरा गर्न कामलाई तिव्रता दिएको हो । सडक विस्तार अभियानमा भइरहेको स्थानीयबासीको अवरोध र सडकमा परेका घरजग्गा भत्काइ नसकेकाले गत २०१८ जुनमा पूरा नभएपछि आगामी डिसेम्बरसम्म म्याद थपिएको छ । जनकपुर उपमहानगरपालिकाको परिक्रमा (रिङरोड) सडक, भानुचोक, शिवचोक, जनकचोक, रामचोक, महावीर चोक, जानकी मन्दिर आसपासको क्षेत्रमा ह्युमपाइप जडान, सडकपेटीमा टेलिकमको अप्टिकलफाइवर, विद्युत पोल सार्ने र ठाउँठाउँमा खानेपानीको मर्मतसम्भार भइरहेको छ ।

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

एसियाली विकास बैंकको सहयोगमा ३१ किलोमिटरमध्ये २३ किलोमिटर ह्यूमपाइप विस्तार गरी ड्रेन निर्माण र ३० मिटर चौडाईको ९ दशमलव २५ किलोमिटरमध्ये ७ किलोमिटर सडक कालोपत्रे गरिएको जनकपुर उपमहानगरपालिकाका योजना प्रमूख इन्जिनियर वीरेन्द्र कुमार यादवले बताए । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत निर्माणाधीन २१ किलोमिटरमध्ये २ किलोमिटर कालोपत्रे गरिसकेको छ ।

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

प्रदेश २ को राजधानी शहर जनकपुरको विकासका लागि एसियाली विकास बैंक, शहरी विकास तथा भवन निर्माण, सडक विभाग, जनकपुरधाम उपमहानगरपालिका र त्यसअन्तर्गत वडा पालिकालेसमेत रकम विनियोजन गरी निर्माण कार्य जारी राखेका छन् । घरजग्गा विवादको कारण निर्माण कार्य रोकिएका भानुचोक, शिवचोक, जनकचोक, पिडारीचोकलगायत विभिन्न ठाउँमा विवाद समाधान गरी रातदिन निर्माण कार्य भइरहेको इन्जिनियर यादवले बताए । उनका अनुसार मुरलीचोक, बन्सीचोक, थापाचोकमा जनप्रतिनिधि लगायत स्थानीयबासीको अवरोध कायमै छ ।

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

एसियाली विकास बैंकको एक अर्ब ९० करोड (१९ दशमलव ४४ मिलियन डलर) रुपैंयाँ सहयोगमा जनकपुरमा रिङरोड, एयरपोर्ट–मुरलीचोक–रामचोक–शिवचोक, भानुचोक, गौशाला तिरहुतीयागाछी, महावीर चोक, जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर, जनक मन्दिर आसपास, पिडारीचोक–बन्सिचोक–थापाचोक–रेलवेस्टेसन–कदमचोक–भानुचोक–मुरलीचोक हुँदै जिरोमाइलसम्म ३१ किलोमिटर ड्रेन र ९ किलोमिटर सडक विस्तार, ग्राभेल र कालोपत्रे गर्न ७५ प्रतिशत निर्माण कार्य पूरा भएको उपमहानगरपालिकाले जनाएको छ ।

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

सन् २०१५ मा ठेक्का सम्झौता भएपनि ठेकेदार जेडआइपिसि र रमन कन्स्ट्रक्सन कम्पनीले २०१६ देखि काम शुरु गरेका थिए । सडकको दायाँ बायाँ घर टहरा भत्काउने, जग्गा विवादको कारण ठेकेदारले पटक पटक म्याद गुजार्दै आएको छ । ठेकेदार कम्पनीलाई ९८ करोड ९८ लाख रुपैंयामा ठेक्का सम्झौता गरेकोमध्ये ७३ करोड रुपैंया भुक्तानी दिइसकेको आयोजना प्रमूख यादवले बताए । उनका अनुसार एसियाली विकास बैंकको अन्य रकममध्ये सेनिटरी ल्याण्डफिल्ड साइड निर्माणको लागि ४० करोड रुपैंयाँ, विद्युत पोल र तार विस्तार मर्मत सम्भारका लागि एक करोड ४७ लाख तथा ५ प्रतिशत कन्टिन्जेन्सी, कन्सल्टेन्ट, कार्यालय व्यवस्थापन र कर्मचारी तलवमा खर्च हुनेछ । त्यसमध्ये ल्याण्डफिल्डसाइड व्यवस्थापन कार्य प्रक्रियामा छ । गुठीसंस्थानसित भाडामा लिएको ल्याण्डफिल्डसाइडमा ५८ प्रतिशत जग्गाको मोही रहेकाले उनीहरुको मुआब्जासमेत यसै रकमवाट खर्च गरिने छ ।

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

जनकपुर उपमहानगरपालिकाले ३० मिटर चौडाईंको सडक विस्तारको लागि दायाँबायाँ दुई हजार घर भत्काएका छन् । भत्काइएका निजीघर सर्बसाधारण आफैले पुननिर्माण गर्दैछन् । सडक विस्तारको क्रममा भत्काइएका घरजग्गाको मुआब्जा, क्षतिपूर्ति वा राहत केही नदिइएकाले उपमहानगरपालिकाप्रति पीडित सर्बसाधारणले गुनासो गर्दै आएका छन् ।

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

उपमहानगरपालिकाले मूख्य सडकको चौडाई तीस मिटर, सहायक सडक २० मिटर, पूराना बजारको सडक १५ मिटर, १३ मिटर, ९ मिटर कायम गरेको छ । मूख्य सडकको दायाँबायाँ २/२ मिटरको, साँघुरोमा १/१ मिटरको पेटी निर्माण गर्ने जनाएको छ । उपमहानगर क्षेत्रमा शहरी विकास तथा भवन निर्माण विभागले ८३ करोड रुपैंयाँ लगानीमा सडक विस्तार, ग्राभेल, कालोपत्रे, ड्रेन, ढल, नाला, कल्भर्ट निर्माण गरिरहेको छ ।

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

विगतमा ढल, कल्भर्ट विनाका साँघुरा सडक, फोहर मैला व्यवस्थापन समस्या, अव्यवस्थित शहरीकरण, बजार, बस्ती, पसल, खानेपानी, ढल निकासलगायत अस्तव्यस्त शहरको स्वरुप परिवर्तन गर्न कुनै कसुर बाँकी नराखी पूर्बाधार निर्माण कार्यलाई तिव्रता दिएको जनकपुर उपमहानगरपलिकाका प्रमूख लालकिसोर साहले बताए ।

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस

जनकपुरको हालत : पुननिर्माणका लागि ध्वंस
तस्बिरहरु : शाहीमान राई/कान्तिपुर ।

प्रकाशित : भाद्र १३, २०७५ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?