प्रधानमन्त्री ओली र भुटान सरकारका प्रमुख सल्लाहकार ल्योन्पोबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री केपी ओली र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकबीच बुधबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र भुटान सरकारका प्रमुख सल्लाहकार ल्योन्पोबीच भेटवार्ता

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन हुने स्थान होटल सोल्टीमा भेटवार्ता भएको हो ।


बुधबार बिहान काठमाडौं आइपुगेका ल्योन्पो र प्रधानमन्त्री ओलीबीच दिउँसो ४ भेटवार्ता सुरु भएको हो ।




त्यसैगरी बुधबारै साँझ ५ बजे म्यानमारका राष्ट्रपति विन मिन्टले पनि प्रधानमन्त्री ओलीसंग भेटवार्ता गर्ने छन् । उनी दिउँसो लुम्बिनी पुगेर फर्केका छन् ।

प्रकाशित : भाद्र १३, २०७५ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?