१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टुंगिएन इन्काउन्टर अनुसन्धान

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले अपहरणपछि हत्यामा संलग्न भनिएका दुई युवकमाथि विवादास्पद प्रहरी इन्‌काउन्टर घटनाको अनुसन्धान २० दिन बित्दा पनि टुंग्याएको छैन । 

टुंगिएन इन्काउन्टर अनुसन्धान

गत साउन २२ मा पेप्सीकोलाका निशान खडाको अपहरण भएको थियो । घटनाको भोलिपल्ट महानगरीय प्रहरी अपराध महाशाखाले अपहृत बालकको शव फेला पारेको थियो ।


त्यसलगत्तै प्रहरीले घटनामा संलग्न आरोपमा गोपाल तामाङ र अजय तामाङलाई पक्राउ गरेको थियो । उनीहरुको इन्काउन्टरमा परी मृत्यु भएको प्रहरीले जनाएको थियो ।


तर, युवकका अभिभावकले इन्काउन्टर झूटो भएको र प्रहरीले पक्राउ गरेर मारेको उल्लेख गर्दै छानबिनका लागि मानवअधिकार आयोगमा उजुरी दिएका थिए ।


गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे प्रहरीमाथि उठेका प्रश्न गलत भएको भन्दै सार्वजनिक रुपमा बचाउ गरेका थिए ।

आयोग सदस्य सुदीप पाठकले अनुसन्धान टोलीले इन्काउन्टर गरिएको भनिएको, बालकको अपहरण र हत्या भएको स्थल अनुगमन सकिसकेको बताए । टोलीले ब्यालेस्टिक विज्ञसँग परामर्श गर्नुका साथै पोस्टमार्टम रिपोर्ट पनि संकलन गरिसकेको छ ।


पाठकले भने, ‘थप तथ्य बुझ्न अझै केहीसँग अन्तरवार्ता गर्न बाँकी छ ।’ उनका अनुसार प्रतिवेदन तयार भएलगत्तै आयोगले फरेन्सिक विज्ञ र ब्यालेस्टिक विज्ञसँग रिपोर्टबारे थप परामर्श लिनेछ ।

प्रकाशित : भाद्र १३, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?