कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

टिआरसी बनाउँदा अहिले दु:ख पाएँ : दाहाल

रमेशकुमार पौडेल

चितवन — दस वर्षे सशस्त्र संघर्षको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त्यो बेलाका घटनाका विषयमा छानबिन गरेर न्याय दिन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) आफ्नै जोडबलमा गठन भएको र अहिले त्यसैका कारण दु:ख पाएको बताएका छन् । 

टिआरसी बनाउँदा अहिले दु:ख पाएँ : दाहाल

भरतपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै नेता दाहालले शान्ति सम्झौताका अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला भने आयोग नबनाउने पक्षमा भएको बताए । ‘यो टिआरसी बनाउने हैन । अन्तरिम संविधान बनायौं । अब हामी चुनावमा जान्छौं । शान्ति कायम गर्छौ भनेपछि हिजो कल्ले कता के गर्‍यो भन्ने कुराको तानातान गर्न हुँदैन भन्नु हुन्थ्यो गिरिजाबाबु’ निर्माण व्यवसायी संघ चितवनको साधरणसभामा दाहालले कुरा खोले । तर, यो कुरा आफूले नमानेको उनले दाबी गरे । उनले भने ‘कारबाही गर्नु पर्छ भन्ने लाग्ने त्यति बेला । निकै क्रान्तिकारी भइयो । अहिले त्यसैले दु:ख पाइया छ ।’


हिजो भएका गलत घटनामा फरगेट (बिर्सने) र फरगिफ (माफी दिने) हुनु पर्ने उनले बताए । ‘त्यस्ता घटनाबाट शिक्षा लिने हो, अगाडि बढ्ने हो’ दाहालले दोहर्‍याइदोहर्‍याइ भने । करोडौं वर्षको इतिहासमा गल्ती नगर्ने मान्छे नजन्मेको उनले बताए । बच्चाबाट गल्ती गर्दै सिक्दै जाने परिपाटी रहेको उनको भनाइ थियो ।



प्रकाशित : भाद्र १३, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?