बलात्कारका घटना बढेकाेमा अन्तरपार्टी महिला सञ्जालको चिन्ता
काठमाडौँ — बलात्कार र महिला हिंसाको घटना बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
सञ्जालमा आबद्ध विभिन्न दलका महिला नेतृहरुलाई गृहमन्त्री थापाले महिला हिंसाका घटनालाई गम्भिरतापूर्वक लिएर तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको बताए ।
सञ्जालको टोलीले पछिल्ला दिनमा देशका विभिन्न भागमा भएका महिलाको बलात्कार र हत्या लगायतका घटनाले आफूहरुलाई स्तब्ध बनाएको भन्दै गृहमन्त्रीको ध्यानार्कषण गराएका थिए ।
उनीहरुले बलत्कार सम्बन्धी विद्यमान कानूनलाई संशोधन गरी कडा कानून बनाउन पनि माग पनि राखेका छन् ।
गृहमन्त्री थापाले अनियन्त्रित मदिराको बिक्री वितरण र लागूपदार्थको सेवनले पनि महिला हिंसा बढेको बताउँदै केही दिनमै मदिरा बिक्री वितरणलाई व्यवस्थित गरिने बताए ।
प्रकाशित : भाद्र १३, २०७५ २०:१३