राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपतिबीच भेट

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्तले आज साँझ राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन् । 

सो अवसरमा नेपाल म्यान्मार सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए ।

प्रकाशित : भाद्र १३, २०७५ २०:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दिनेश र सिमाको तीज कोसेली 'पाउजु बरी लै...' [भिडियोसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकप्रिय कलाकार दिनेश थापा र सिमा भण्डारीले 'पाउजु बरी लै...' तीज कोसेली पस्केका छन् । नेपाली नारीहरुको ठूलो पर्व हरितालिका तीजलाई मध्यनजर गरेर कलाकारद्वय थापा र भण्डारीले मौलिक गीत  हालै बजारमा ल्याएका हुन् ।

गीतमा विवाहको लागि उमेर पुगेकी दिदी र भाइबीचको ठट्टयौली सन्दर्भ समेटिएको छ। पाउजु बरी लैमा दिनेश थापा र सरोज लामिछाने शब्दमा रहेको छ।

उक्त गीतमा स्वर, संगीत र अभिनय थापाले नै गरेका छन् भने महिला आवाज सीमाको रहेको छ। अभिनयमा थापालाई ऋतु तामाङले साथ दिएकी छिन्।

गोरखा चौतारी म्युजिकले बजार व्यवस्थापन गरेको तीज गीतमा रकेश वलीले संगीत संयोजन, विक्रम चौहानले निर्देशन र छायांकन प्रकाश खड्काले गरेका छन्। मिलन विश्वकर्माको सम्पादन रहेको छ।

गायक तथा मोडल थापाले बोली नफेर, पानी मिठो कलकल, ए है लाली जोवन, पापिनीकै तस्बिर बोल्याछ जस्ता दर्जन गीत तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनले अभिनय गरेको काँठक्षेत्रमा प्रचलित दोहोरी गीत 'सालको पात टपरी दुना' झनै चर्चामा छ। थापाको अभिनय चलचित्रजगत्‌का मेलिना मानन्धर, झरना थापालगायत सँग पनि देख्न सकिन्छ।

प्रकाशित : भाद्र १३, २०७५ २०:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT