कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बाजेको सेकुवा खोल्न आदेश

काठमाडौँ — गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ ।

बाजेको सेकुवा खोल्न आदेश

सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा सरकारले सिलबन्दी गरेको थियो । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ‘शिलबन्दी र ब्रान्ड खारेजी गर्ने सरकारको निर्णय’ कार्यान्वयन नगर्नु/नगराउनु भन्दै अन्तरिम आदेश जारी भएको हो । भण्डारीकी श्रीमती नीतिमाले गत आइतबार सरकारको निर्णयविरुद्ध रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाई गर्दै ‘पेसा तथा व्यवसाय गर्न पाउने मौलिक हक’ भएको भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला सरकारी निकायसँग सर्वोच्चले कारण देखाउ आदेशसमेत जारी गरेको छ । सुन तस्करीको आरोप लागेका भण्डारी प्रहरीको फरार सूचीमा छन् । उनले काठमाडौंमा सेकुवा कर्नरका ६ वटा शाखा चलाउँदै आएका थिए ।


३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित सरकारी समितिले सेकुवा कर्नरमा सिलबन्दी गरेको थियो । सेकुवा कर्नरमा करिब ४ सयले रोजगारी गर्दै आएका थिए ।

प्रकाशित : भाद्र १३, २०७५ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?