समाचार

News

सडकैपिच्छे कर

आन्तरिक स्रोत वृद्धि गर्ने भन्दै मध्यविन्दु नगरपालिकाले सडक कर लिन सुरु गरेको छ । सबै वडाका पक्की सडकमा नगरपालिकाले ढाट तेस्र्याएर कर असुल्न थालेको हो । नगरपालिकाका आलोक चक्रपथका चार ठाउँमा कर असुलीका लागि ढाट राखिएका छन् ।

सडकैपिच्छे कर

चार राष्ट्रप्रमुख शुक्रबार नै फर्कने, भारतसँग छुट्टै सम्झौता

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना भोलि (शुक्रबार) नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा शुक्रबार नै भएका हुन् । 

चार राष्ट्रप्रमुख शुक्रबार नै फर्कने, भारतसँग छुट्टै सम्झौता

बलात्कार घटनामा गम्भीर बन्न निर्देशन

गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका उजुरीमा गम्भीरतापूर्वक कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

बलात्कार घटनामा गम्भीर बन्न निर्देशन

उजुरी छानबिन नभएकामा चिन्ता प्रकट

कान्तिपुरकर्मी यादव थपलियाको उपचार क्रममा हेलचेक्रयाइँका कारण मृत्यु भएको उल्लेख गर्दै दिएको उजुरीमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले चार साता भइसक्दा पनि छानबिन अघि नबढाएकामा परिवारजनले चिन्ता जाहेर गरेका छन् । 

उजुरी छानबिन नभएकामा चिन्ता प्रकट

सप्तरीका ५ सय घर डुबानमा, मोदीसँग नेपालमै समस्या राख्न माग

सप्तकोसी बाढीले स्थानीय बस्ती ७२ घण्टादेखि डुबानमा छ । भारतीय पक्षले ब्यारेजमुनि च्यानल खनी बहावलाई पश्चिमतर्फ फर्काएपछि नेपालतिरको करिब ५ सय घरपरिवार डुबानमा परेको हो । बहाव परिवर्तनले ल्याउन सक्ने समस्याबारे यसअघि नै स्थानीय तह हुँदै केन्द्रमा समेत पत्राचार भयो । तर, भारतीय पक्षसँग समस्या समाधानको पहल हुन सकेन । 

सप्तरीका ५ सय घर डुबानमा, मोदीसँग नेपालमै समस्या राख्न माग

ईआईए शाखा जनशक्तिविहीन

मुलुकमा सडक, विद्युत्, होटल, अपार्टमेन्ट, स्वास्थ्य प्रतिष्ठान, विमानस्थल, रेलमार्गलगायत संरचनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने क्रम भटाभट चलिरहेको छ तर यससम्बन्धी प्रक्रिया किनारा लगाउने वातावरण प्रभाव अध्ययन शाखामा पर्याप्त जनशक्ति नहुँदा काम अडकिएको छ ।  

ईआईए शाखा जनशक्तिविहीन

'जलवायु परिवर्तनविरुद्ध लड्न साझा सङ्कल्प जरुरी'

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताएका छन् । 

'जलवायु परिवर्तनविरुद्ध लड्न साझा सङ्कल्प जरुरी'

जनतालाई गरिबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताएका छन् । 

जनतालाई गरिबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

राजनीतिक र आर्थिक अवस्थामा सुधारमार्फत समृद्धिः बङ्गलादेशका प्रधानमन्त्री

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिमस्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताएकी छन् । 

राजनीतिक र आर्थिक अवस्थामा सुधारमार्फत समृद्धिः बङ्गलादेशका प्रधानमन्त्री

मलेसियामा आममाफी कार्यक्रम सकियो, अवैध कामदार फेरि धरपकडमा पर्ने

मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन गरेको ‘थ्रि प्लस वान सरेन्डर प्रोग्राम’ भनिने आममाफी कार्यक्रम बिहीबार सकिएको छ । यसअघि गतवर्ष फेब्रुअरी १५ देखि सञ्चालन गरिएको कार्यक्रम सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध अझै थप कडाई गरिने र देशव्यापी धरपकड गरिने सरकारी अधिकारीहरुले जनाएका छन् । 

मलेसियामा आममाफी कार्यक्रम सकियो, अवैध कामदार फेरि धरपकडमा पर्ने

किशोरी हत्या प्रकरण : बम दिदीबहिनीको फेरि म्याद थपियो

बालिका बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबितालाई थप ७ दिन थुनामा राख्न म्याद दिइएको छ । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा पक्राउ परेका उनीहरुलाई बिहीबार जिल्ला अदालतले दोस्रो पटक म्याद थपेको हो ।

किशोरी हत्या प्रकरण : बम दिदीबहिनीको फेरि म्याद थपियो

भारतीय प्रधानमन्त्री मोदीद्वारा सामूहिक सैन्य अभ्यास र बौद्ध सम्मेलनको प्रस्ताव

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरु सामूहिक सैन्य अभ्यास गर्ने र बौद्ध सम्मेलनको प्रस्ताव गरेका छन् । साथै उनले आतंकवादबिरुद्ध मिलेर काम गर्नुपर्ने पनि औंल्याएका छन् । 

भारतीय प्रधानमन्त्री मोदीद्वारा सामूहिक सैन्य अभ्यास र बौद्ध सम्मेलनको प्रस्ताव

हिंसा–बलात्कार न्यूनीकरणको लागि योजना बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । 

हिंसा–बलात्कार न्यूनीकरणको लागि योजना बनाउन गृहमन्त्रीको निर्देशन

बिमस्टेकले सार्कलाई प्रतिस्थापन गर्दैन : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी ओलीले बिमस्टेकले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई प्रतिस्थापन नगर्ने बरु एक–अर्काको सहयोगी रहेको बताएका छन् ।

बिमस्टेकले सार्कलाई प्रतिस्थापन गर्दैन : प्रधानमन्त्री ओली 

तीन दिन बद्ली र वर्षा

आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै बिहीबार दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएको हो । 

तीन दिन बद्ली र वर्षा

बिमस्टेकका पाहुनालाई शीतल निवासमा 'लन्च' ह्यातमा 'डिनर'

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीकाको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गरेकी छन् । 

बिमस्टेकका पाहुनालाई शीतल निवासमा 'लन्च' ह्यातमा 'डिनर'

बिमस्टेक सम्मेलनः राष्ट्र तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

बिमस्टेक सम्मेलनः राष्ट्र तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

यस कारण भएन गोकर्ण रिसोर्टमा रिट्रिट

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुको ‘रिट्रिट’ होटल सोल्टीमै हुने भएको छ ।

यस कारण भएन गोकर्ण रिसोर्टमा रिट्रिट

राहुल गान्धी काठमाडौं हुँदै मानसरोवर जाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेको बेला विपक्षी नेता राहुल गान्धी पनि आउने भएका छन् । मोदी विमस्टेकको चौथो शिखर सम्मेलनका लागि आएका हुन् भने गान्धी तिब्बतको कैलाश मानसरोवरको यात्रामा जानेक्रममा काठमाडौं ओर्लने भएका हुन् ।

राहुल गान्धी काठमाडौं हुँदै मानसरोवर जाने

बिमस्टेकमा भाग लिन आइपुगे यी राष्ट्र र सरकार प्रमुख

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ तोग्वे काठमाडौं आइसकेका छन् ।

बिमस्टेकमा भाग लिन आइपुगे यी राष्ट्र र सरकार प्रमुख

फडिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

ग्रेटर नेपालको अभियान सञ्चालक फडिन्द्र नेपाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार बिमस्टेकमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवगमनका बेला कालो झण्डा देखाउन सक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो । 

फडिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

बिमस्टेकमा भाग लिन आइपुगे थाइ प्रधानमन्त्री

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा काठमाडौं आइपुगेका छन् ।

बिमस्टेकमा भाग लिन आइपुगे थाइ प्रधानमन्त्री

बंगलादेशकी प्रधानमन्त्री पनि काठमाडौंमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद काठमाडौं आइपुगेकी छन् ।

बंगलादेशकी प्रधानमन्त्री पनि काठमाडौंमा

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । 

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

बिमस्टेक सम्मेलनमा भाग लिन तीन देशका प्रधानमन्त्री काठमाडौं ओर्लँदै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलन राजधानी काठमाडौंमा बिहीबार बिहानबाट सुरु हुँदै छ । सम्मेलनमा भाग लिन बंगलादेश, भारत र थाइल्यान्डका प्रधानमन्त्री आज बिहान काठमाडौं ओर्लँदै छन् । 

बिमस्टेक सम्मेलनमा भाग लिन तीन देशका प्रधानमन्त्री काठमाडौं ओर्लँदै

जनप्रतिनिधि निजीमै सरर

जिल्लाका स्थानीय तहका अधिकांश प्रमुख/उपप्रमुखले ३५ देखि ६० लाख रुपैयाँका गाडी रोजेका छन् । सरकारी खर्चमा किनेका गाडीमा इन्धन, चालक र मर्मत खर्च छुट्टै हुन्छ । त्यो सबै जोडदा वार्षिक २० लाखभन्दा बढी सरकारी खर्च बढ्छ ।

जनप्रतिनिधि निजीमै सरर

बल्ल बन्यो पुल

मेलम्चीपारि गाउँ पुग्ने पुल बनेपछि हेलम्बु गाउँपालिका इचोक चालिसे चिउरेखर्कवासी दंग छन् । सधैं खोलामा काठको फड्के तेस्र्याएर तर्दै आएका ७५ वर्षीय एलसिंह शिवभक्ति पुल बनेपछि निकै खुसी देखिए । पुलले २ गाउँकालाई आउजाउ गर्न सहज भएको छ ।

बल्ल बन्यो पुल

पर्यटन प्रवर्द्धधनबाट फाइदा

म्यानमारका राष्ट्रपति विन मिन्टले नेपाल र म्यानमारका बौद्ध धर्म, संस्कृति र इतिहास प्रवर्द्धन गरेर पर्यटनका माध्यमबाट दुवै मुलुकले फाइदा लिनुपर्नेमा जोड दिएका छन् ।

पर्यटन प्रवर्द्धधनबाट फाइदा