कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

घरको तला खस्दा एकै परिवारका ५ को मृत्यु

सल्यान — सल्यानको बाग्चौर नगरपालिका–४, सेतोगुराँसमा मंगलबार घरको तला खस्दा च्यापिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । पर्खालमा च्यापिएर एक जना घाइते भएका छन् ।

घरको तला खस्दा एकै परिवारका ५ को मृत्यु

राति ९ बजेतिर घरमा सुतिरहेका बेला च्यापिएर रामसिंह कामी, उनकी पत्नी रामकला, छोरी गंगा, प्रमिला र छोरा रूपलालको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनीता विक घाइते छिन् । उद्धारमा ढिलाइ भएकाले उनीहरूको मृत्यु भएको हो ।

वर्षाका कारण घरको जग भासिएपछि भित्ता भत्किएको थियो । भित्ता खसेसँगै उनीहरू सुतेको तला पनि खस्यो । कामी परिवारमा ८ जना थिए । छिमेकीको घरमा सुत्न गएका दुई दिदीबहिनी सकुशल छन् ।

‘राति भाइले चिच्याएर दिदी भनेपछि म ब्युँझिएँ,’ सुनीताले भनिन्, ‘भाइ मसँगै सुतेको थियो । उसको आधा भाग छोपिएको थियो । ढुंगामाटो फालेर तान्ने प्रयास गरेँ तर सकिनँ । उज्यालो भयो होला र बाबु–आमा काम गर्न गएका होलान् भन्ने लाग्यो ।’ भाइ च्यापिएको देखेपछि एक घण्टा टाढा पर्ने हजुरबुबाको घरमा बोलाउन गएको उनले बताइन् । ‘हजुरबुबालाई लिएर आउँदा भाइको पनि मृत्यु भइसकेको थियो,’ उनले भनिन् ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?