कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बल्ल बन्यो पुल

काइचोक (सिन्धुपाल्चोक) — मेलम्चीपारि गाउँ पुग्ने पुल बनेपछि हेलम्बु गाउँपालिका इचोक चालिसे चिउरेखर्कवासी दंग छन् । सधैं खोलामा काठको फड्के तेस्र्याएर तर्दै आएका ७५ वर्षीय एलसिंह शिवभक्ति पुल बनेपछि निकै खुसी देखिए । पुलले २ गाउँकालाई आउजाउ गर्न सहज भएको छ ।

बल्ल बन्यो पुल

‘बाँचिरहे चमत्कार देख्न पाइँदोरहेछ, मेरो त खुसीको सीमा छैन,’ गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाको हात समाउँदै शिवभक्तिले भने । बर्खाको खोला तर्न नसक्दा उपचारमा धामीझाँक्रीकै भर पर्नुपरेको अनुभव उनी सुनाउँछन् । ‘बल्ल सरकारलाई देख्न पाएँ,’ उनले भने, ‘अब भने खोला तर्ने पिरलो हट्यो ।’

पुल बनाउने माग लिएर २० वर्षदेखि राजनीतिक दल र सरकारी निकाय माग गरे पनि पूरा हुन सकेको थिएन । पुल निर्माणमा विभिन्न अवरोध बेहोरे पनि चालिसे चिउरेखर्क पुल निर्माण समितिमा महिलाको नेतृत्वले बनाएको हो ।

४९ लाख लागतमा निर्माण गरिएको पुल बुधबार गाउँपालिका प्रमुख शेर्पा, उपप्रमुख कोपिला पण्डितलगायत जनप्रतिनिधिले उद्घाटन गरे । ‘पुलका लागि धेरै संघर्ष गर्नुपर्‍यो, म राजधानीबाट अध्ययन छाडेर अहोरात्र खटे,’ झोलुंगे पुल निर्माण समिति सचिव पार्वती भण्डारीले भनिन् ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?