१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बिमस्टेक सम्मेलनमा भाग लिन तीन देशका प्रधानमन्त्री काठमाडौं ओर्लँदै

घनश्याम खड्का

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलन राजधानी काठमाडौंमा बिहीबार बिहानबाट सुरु हुँदै छ । सम्मेलनमा भाग लिन बंगलादेश, भारत र थाइल्यान्डका प्रधानमन्त्री आज बिहान काठमाडौं ओर्लँदै छन् । 

बिमस्टेक सम्मेलनमा भाग लिन तीन देशका प्रधानमन्त्री काठमाडौं ओर्लँदै

सम्मेलनको तालिका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान सवा ८ बजे काठमाडौं ओर्लने कार्यक्रम छ । तर तालिका भन्दा केही समय ढिला उनको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्ने परराष्ट्र स्रोतले जानकारी दिएको छ ।


यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद सवा नौ बजे काठमाडौं ओर्लने कार्यक्रम छ भने थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा पौने १० बजे त्रिभुवन विमानस्थल आइपुग्ने कार्यक्रम तालिका छ ।


तीनै देशका प्रधानमन्त्री आफ्नो देशको राष्ट्रिय ध्वजाबहाकको विशेष विमानबाट काठमाडौं आउँदै छन् । उनीहरुलाई नेपाल सरकारको तर्फबाट उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गर्नेछन् ।


उनीहरु विमानस्थलबाट सोझै सम्मेलनस्थित सोल्टी होटल पुग्ने छन् ।

तीन देशका प्रधानमन्त्री आउने भएपछि आज बिहान करिव ११ बजेसम्म राजधानीको ट्राफिक आवागमन प्रभावित हुनेछ । त्यसैले ट्राफिक प्रहरीले सर्वसाधारणलाई आफ्नो गन्तव्यमा पुग्नको लागि वैकल्पिक रुट रोज्न आग्रह गरेको छ ।

बिमस्टेकमा आएका विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भेटघाट गर्ने कार्यक्रम छ । भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि नै भेटघाट गर्ने कार्यक्रम छ । दुवै प्रधानमन्त्रीबीच शिष्टाचार भेट हुनेछ । भेटघाटमा यही विषयमा कुराकानी वा छलफल हुने भन्ने एजेन्डा तय भइसकेको छैन ।


यसैगरी सबै देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले पनि सबैसँग भेटघाट गर्ने कार्यक्रम छ । चार वर्षपछि बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखबीच भेटघाट हुन लागेको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई स्वागत गरेका छन् ।


आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौँमा अवतरण गरेको सन्दर्भमा उनीहरूलाई ट्वीटमार्फत प्रधानमन्त्रीले स्वागत गरेका हुन् ।


प्रधानमन्त्री ओलीले बिम्स्टेकलाई शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध क्षेत्र बनाउन शिखर सम्मेलनबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?