कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । 

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

भारतीय राष्ट्रिय ध्वजाबाहक जहाजको विशेष उडान मार्फत मोदी काठमाडौं आएका हुन् । उनी बिहीबार बिहान करिव साढे ८ बजे आइपुगेका हुन् । उनको अवतरण तालिका भने सवा ८ बजे तय गरिएको थियो ।


भारतीय प्रधानमन्त्री मोदीलाई विमानस्थलको विशिष्ट कक्षमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।


प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गरेका थिए।

मोदी विमानस्थलबाट सोझै सम्मेलनस्थल सोल्टी होटल जाने कार्यक्रम छ । उनले केही समय सोल्टीको स्विट रुममा आराम गरेपछि सम्मेलनमा भाग लिनेछन् ।

तस्बिरहरुः अंगद ढकाल

प्रकाशित : भाद्र १४, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?