कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बंगलादेशकी प्रधानमन्त्री पनि काठमाडौंमा

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद काठमाडौं आइपुगेकी छन् ।

बंगलादेशकी प्रधानमन्त्री पनि काठमाडौंमा

बंगलादेशको राष्ट्रिय ध्वजाबाहक जहाजको विशेष उडान मार्फत उनी काठमाडौं ओर्लिएकी हुन् । उनी बिहीबार बिहान ९ बजेर २० मिनेटमा त्रिभुवन विमानस्थल झरेकी हुन् । तर उनको अवतरण तालिका भने सवा ९ बजे तय गरिएको थियो ।


बंगलादेशकी प्रधानमन्त्री वाजेदलाई विमानस्थलको विशिष्ट कक्षमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । वाजेद पनि विमानस्थलबाट सोझै सम्मेलनस्थल सोल्टी होटल जाने कार्यक्रम छ । उनले पनि केही समय आराम गरेपछि सम्मेलनमा भाग लिने कार्यक्रम छ ।

तस्बिरः अंगद

प्रकाशित : भाद्र १४, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?