बिमस्टेक सम्मेलन सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन राजधानीको होटल सोल्टीमा सुरु भएको छ ।

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

बैठकमा नेपालका प्रधानमन्त्री केपी ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा सहभागी छन्।

सम्मेलनलाई पहिला प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने छन्। उनले २२ मिनेट बोल्ने छन्। त्यसपछि अन्य सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले १५/१५ मिनेट बोल्ने कार्यक्रम रहेको छ।

.........................

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ।

............................

बिम्स्टेक सम्मेलनमा पाल्नु भएका मित्रराष्ट्रका रााष्ट्र तथा सरकार प्रमुखहरुलाई न्यानो स्वागत गर्न पाउँदा खुशी लागेको छ। pic.twitter.com/qwtMsOG4Tz

— K P Sharma Oli (@kpsharmaoli)August 30, 2018
..............................
बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

Yamaha

............................
प्रधानमन्त्री केपी ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच बिहीबार बिहान भेटवार्ता भएको छ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग्का लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको साइडलाई दुई प्रधानमन्त्रीले द्वैपक्षीय बार्ता गरेका हुन्।
प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन्, 'आगामफ दिनमा नेपाल–बंगलादेश सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास अभिबृद्धि भएको छ।'
............................
प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने छन्।
............................
अबको केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलेबिमस्टेक राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखकोसम्मानको लागि सामूहिक भेटवार्ता र दिवा भोजको आयोजना गरेकी छन्। यसको लागि मध्यान्ह सातै देशमा राष्ट्र तथा सरकार प्रमुख शीतल निवास पुग्नेछन्।
............................
बिमस्टैकमा भाग लिन थाइल्यान्डकाप्रधानमन्त्री प्रायुत व चा पनि काठमाडौं आइपुगेका छन्। थाइ प्रधानमन्त्री काठमाडौं ओर्लिएसँगै सबै देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौं आइसकेका छन्।
............................
थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाका स्वागतका लागि विमानस्थल जान उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र सुरक्षा दस्ता तयारी अवस्थामा रहेको छ।
............................
आज बिहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। उनीहरु दुवै जना सम्मेलनस्थल सोल्टी होटल पुगिसकेका छन्।
उनीहरुलाई त्रिभुवन विमानस्थलको अति विशष्ट कक्षमा उपप्रभान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वाग गरेका थिए।
............................
सम्मेलनमा भाग लिनका लागि यसअघि म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक र श्रीलंकका का राष्ट्रपति मैत्रीपालासिरिसेना आइपुगिसकेका छन्।

Esewa Pasal

प्रकाशित : भाद्र १४, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निकुञ्जकाे हात्तीले अाफ्नै माहुते मार्‍यो

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जकाे एउटा हात्तीले बिहीबार बिहान अाफ्नै माहुतेलाई अाक्रमण गरेर मारेकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठाैरका अनुसार मृत्यु हुनेमा सुनसरी कुसाहा-८ का २७ वर्षीय बुहारीलाल सरदार रहेका छन् ।   

उनले भदाै ५ गतेबाट निकुञ्जमा करारमा सेवा सुरू गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जकाे पूर्वी सेक्टर कार्यालय साैराहाकाे हात्तीसारकाे भाले हात्ती माेतिप्रसादले बुहारीलाललाई अाक्रमण गरेकाे हाे । घाँस लिन हात्तीसँगै जंगल गएर फर्कँदै गर्दा बाटाेमा अाक्रमण गरेकाे अर्यालले बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT