बिमस्टेकमा भाग लिन आइपुगे थाइ प्रधानमन्त्री

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा काठमाडौं आइपुगेका छन् ।

बिमस्टेकमा भाग लिन आइपुगे थाइ प्रधानमन्त्री

उनी सवा १० बजे थाइ एयरलाइन्सको विशेष चार्टर उडान मार्फत काठमाडौं आइपुगेका हुन् । उनी बिहीबार बिहान पौने १० बजे त्रिभुवन विमानस्थल झर्ने कार्यक्रम थियो ।


थाइ प्रधानमन्त्री प्रायुत व चालाई विमानस्थलको विशिष्ट कक्षमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । प्रायुत व चा पनि विमानस्थलबाट सोझै


सम्मेलनस्थल सोल्टी होटल जाने कार्यक्रम छ ।



तस्बिरः अंगद ढकाल


प्रकाशित : भाद्र १४, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?