फडिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्रेटर नेपालको अभियान सञ्चालक फडिन्द्र नेपाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार बिमस्टेकमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवगमनका बेला कालो झण्डा देखाउन सक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो । 

उनलाई चावहिलस्थित उनकै निवासबाट पक्राउ गरिएको हो। उनी सुगौली सन्धिभन्दा अगाडि रहेको नेपालको भूभाग नेपालमै फर्काइनु पर्ने अभियानमा छन्।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १४, २०७५ ११:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विभेद मेटाऊ

कान्तिपुर संवाददाता

काठमाडौँ — नारा मात्रै समृद्धिको काम भएनशान्ति अनि अमनचैन आउन सकेन

नारा मात्रै समृद्धिको काम भएन
शान्ति अनि अमनचैन आउन सकेन
नेताहरूको ढंगरंग नमिलेको जस्तो
मौका पाउँदा आफ्नोमात्र भुँडी भरे जस्तो
गरिब किसान, मजदुरहरूको ताउलो खाली छ
राजनीतिको व्यवहारचाहिँ निकै जाली छ
हुँदाखाने मान्छेहरू भोकभोकै छन्
हुनेखाने सधैंभरि मोजमस्तीमा छन्
राज्यले यो विभेदलाई मेटाउनुपर्‍यो
नेपालीको प्रतिष्ठालाई उठाउनुपर्‍यो ।
– कृष्ण कुम्पुरे
आदमटार, धादिङ

प्रकाशित : भाद्र १४, २०७५ १०:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT