कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिमस्टेकमा भाग लिन आइपुगे यी राष्ट्र र सरकार प्रमुख

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ तोग्वे काठमाडौं आइसकेका छन् ।

बिमस्टेकमा भाग लिन आइपुगे यी राष्ट्र र सरकार प्रमुख

म्यानमारका प्रधानमन्त्री सम्मेलन सुरु हुने दुई दिनअघि १२ गते नै काठमाडौं आइपुगेका हुन् । श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानमन्त्री १३ गते आइपुगे । भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री भने सम्मेलन सुरु हुने दिन १४ गते बिहान काठमाडौं ओर्लिए ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद ।


उनीहरू सबैले १४ गते दिउँसो शीतल निवासमा राष्ट्रपती विद्यादेवी भण्डारीसँग भेटघाट गर्दैछन् । राष्ट्रपति कार्यालयले उनीहरूको स्वागतका लागि दिवाभोजको आयोजना गरेको छ ।

भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ तोग्वे ।


दिवा भोज सकिएसँगै होटल सोल्टिमा बिमस्टेक उद्घाटन हुनेछ । अध्यक्ष राष्ट्र भएको नाताले प्रधानमन्त्री ओलीले उद्घाटन गर्दैछन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।

म्यानमारका राष्ट्रपति विन मिन्ट ।


नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ।


श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना ।

थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा ।

प्रकाशित : भाद्र १४, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?