बिमस्टेकका पाहुनालाई शीतल निवासमा 'लन्च' ह्यातमा 'डिनर'

कृष्ण अाचार्य

काठमाडौँ — बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीकाको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गरेकी छन् । 

तस्बिर : प्रधानमन्त्री कार्यालय ।

पूर्व निर्धारित कार्यक्रम अनुसार साढे १२ बजेटबाट भेट सुरु भएको थियो। भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी रहेका छन्।

Yamaha

भेट लगत्तै राष्ट्रपति भण्डारीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाको सम्मानमा सामूहिक दिवा भोज आयोजना गरेकीछिन्। दिवाभोज लगत्तै सम्मेलन आयोजनास्थल सोल्टीमा उनीहरु प्रस्थान गर्ने छन्।

३.४५ मा सबै राष्ट्रका कार्यकारी प्रमुखले सम्बोधन गर्नेछन्। साँझ साढे ६ बजेदेखि साढे ९ सम्म उनीहरुको सम्मानमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हयात होटलमा रात्री भोजको आयोजना गरेका छन्। भोजमा नेपालस्थीत कुटनितिक नियोगका उच्च अधिकारीहरु, केहि परराष्ट्रविद तथा सरोकारवाला अधिकारीहरु समेत सहभागी हुने कार्यक्रम रहेको छ।

प्रकाशित : भाद्र १४, २०७५ १३:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दुर्घटनामा सत्र जना घाइते

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीमा बिहीबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रकाशित : भाद्र १४, २०७५ १२:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT