२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बिमस्टेकका पाहुनालाई शीतल निवासमा 'लन्च' ह्यातमा 'डिनर'

कृष्ण आचार्य

काठमाडौँ — बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीकाको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गरेकी छन् । 

बिमस्टेकका पाहुनालाई शीतल निवासमा 'लन्च' ह्यातमा 'डिनर'

पूर्व निर्धारित कार्यक्रम अनुसार साढे १२ बजेटबाट भेट सुरु भएको थियो । भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी रहेका छन् ।

भेट लगत्तै राष्ट्रपति भण्डारीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाको सम्मानमा सामूहिक दिवा भोज आयोजना गरेकीछिन् । दिवाभोज लगत्तै सम्मेलन आयोजनास्थल सोल्टीमा उनीहरु प्रस्थान गर्ने छन् ।


३.४५ मा सबै राष्ट्रका कार्यकारी प्रमुखले सम्बोधन गर्नेछन् । साँझ साढे ६ बजेदेखि साढे ९ सम्म उनीहरुको सम्मानमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हयात होटलमा रात्री भोजको आयोजना गरेका छन् । भोजमा नेपालस्थीत कुटनितिक नियोगका उच्च अधिकारीहरु, केहि परराष्ट्रविद तथा सरोकारवाला अधिकारीहरु समेत सहभागी हुने कार्यक्रम रहेको छ ।


प्रकाशित : भाद्र १४, २०७५ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?