कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भारतीय प्रधानमन्त्री मोदीद्वारा सामूहिक सैन्य अभ्यास र बौद्ध सम्मेलनको प्रस्ताव

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरु सामूहिक सैन्य अभ्यास गर्ने र बौद्ध सम्मेलनको प्रस्ताव गरेका छन् । साथै उनले आतंकवादबिरुद्ध मिलेर काम गर्नुपर्ने पनि औंल्याएका छन् । 

भारतीय प्रधानमन्त्री मोदीद्वारा सामूहिक सैन्य अभ्यास र बौद्ध सम्मेलनको प्रस्ताव

चौथो बिमस्टेक सम्मेलनमा बोल्दै बिहीबार मोदीले भारतले डिजिटल कनेक्टिभीटीको क्षेत्रमा आफ्नो राष्ट्रिय नेटवर्क र ज्ञान श्रीलंका, बंगलादेश, भुटान र नेपालमा बढाउन इच्छुक रहेको समेत बताए । उनले बंगालको खाडी क्षेत्रमा कला, संस्कृति, सामुद्रिक कानुन एवं अन्य विषयसँग सम्बन्धित भएर नालन्दा विश्वविद्यालयमा सेन्टर फर बे अफ बंगाल स्टडिजको स्थापना गर्ने बताए ।


हिमालय र बंगालका खाडीसँग जोडिएका मुलुकहरुले प्राकृतिक प्रकोपको सामना गरिरहेको औँल्याउँदै उनले यस क्षेत्रका देशहरुले एक आपसमा मानवीय सहायता एवं प्रकोप नियन्त्रणका लागि सबैको सहयोग र समन्वय अति आवश्यक रहेको औ‌ंल्याए ।


नशालु पदार्थसँग सम्बन्धित विषयमा रहेर बिमस्टेक फ्रेमवर्कमा रहेर भारत एक सम्मेलनको आयोजना गर्न तयार रहेको मोदीले बताए ।


चौथो शिखर सम्मेलन ठोस कदम उठाउने राम्रो अवसर भएको बताउँदै मोदीले काँधमा काँध मिलाएर भारत अन्य देशहरुसँग काम गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : भाद्र १४, २०७५ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?