किशोरी हत्या प्रकरण : बम दिदीबहिनीको फेरि म्याद थपियो

भवानी भट्ट

कञ्चनपुर — बालिका बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबितालाई थप ७ दिन थुनामा राख्न म्याद दिइएको छ । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा पक्राउ परेका उनीहरुलाई बिहीबार जिल्ला अदालतले दोस्रो पटक म्याद थपेको हो ।

गत शुक्रबार पक्राउ परेका उनीहरुलाई अदालतले पक्राउ परेको दिनदेखि ६ दिन थुनामा राख्न म्याद दिएको थियो । प्रहरीले अनुसन्धान जारी रहेकाले उनीहरुलाई दोस्रो पटक म्याद थपका लागि बिहीबार अदालतमा पेस गरेको हो । ‘हामी अनुसन्धानमै छौं, उनीहरुबाट सूचना लिने काम भइरहेको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘तर केही भनिहाल्ने अवस्था भने आएको छैन ।’

भदौ ५ गते प्रहरीले घटनाको दोषीका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिप विष्ट स्वास्थ्य परीक्षणका लागि काठमाडौंमा भएकाले पछि म्याद थप हुने एसपी कडायतले बताए । अघिल्लो सोमबार १० दिन थुनामा राख्न अदालतले दिएको म्याद बुधबार समाप्त भएको हो ।

प्रकाशित : भाद्र १४, २०७५ १७:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतीय प्रधानमन्त्री मोदीद्वारा सामूहिक सैन्य अभ्यास र बौद्ध सम्मेलनको प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरु सामूहिक सैन्य अभ्यास गर्ने र बौद्ध सम्मेलनको प्रस्ताव गरेका छन् । साथै उनले आतंकवादबिरुद्ध मिलेर काम गर्नुपर्ने पनि औंल्याएका छन् । 

चौथो बिमस्टेक सम्मेलनमा बोल्दै बिहीबार मोदीले भारतले डिजिटल कनेक्टिभीटीको क्षेत्रमा आफ्नो राष्ट्रिय नेटवर्क र ज्ञान श्रीलंका, बंगलादेश, भुटान र नेपालमा बढाउन इच्छुक रहेको समेत बताए।उनले बंगालको खाडी क्षेत्रमा कला, संस्कृति, सामुद्रिक कानुन एवं अन्य विषयसँग सम्बन्धित भएर नालन्दा विश्वविद्यालयमा सेन्टर फर बे अफ बंगाल स्टडिजको स्थापना गर्ने बताए।

हिमालय र बंगालका खाडीसँग जोडिएका मुलुकहरुले प्राकृतिक प्रकोपको सामना गरिरहेको औँल्याउँदै उनले यस क्षेत्रका देशहरुले एक आपसमा मानवीय सहायता एवं प्रकोप नियन्त्रणका लागि सबैको सहयोग र समन्वय अति आवश्यक रहेको औ‌ंल्याए।

नशालु पदार्थसँग सम्बन्धित विषयमा रहेर बिमस्टेक फ्रेमवर्कमा रहेर भारत एक सम्मेलनको आयोजना गर्न तयार रहेको मोदीले बताए।

चौथो शिखर सम्मेलन ठोस कदम उठाउने राम्रो अवसर भएको बताउँदै मोदीले काँधमा काँध मिलाएरभारत अन्य देशहरुसँगकाम गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।

प्रकाशित : भाद्र १४, २०७५ १७:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT