कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बलात्कार घटनामा गम्भीर बन्न निर्देशन

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका उजुरीमा गम्भीरतापूर्वक कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

बलात्कार घटनामा गम्भीर बन्न निर्देशन

थापाले बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मन्त्रालयमै बोलाएर आपराधिक घटना न्यूनीकरणका लागि तत्कालै विशेष योजना बनाएर कार्यान्वयन गर्न भनेका हुन् ।


‘यस्ता घटनामा मिलापत्र गराउन खोज्नु आफैंमा अपराध हो,’ उनले भने, ‘कहीँकतै त्यस्तो गरिएको भए जिम्मेवार प्रहरी अधिकृतलाई समेत कारबाही दायरामा ल्याउनुस् ।’


थापाले कञ्चनपुरमा किशोरीको बलात्कारपछि हत्या घटनाको सत्यतथ्य बाहिर ल्याउन गठित छानबिन समितिलाई सहयोग पुग्ने गरी सबै पक्षले काम गर्नुपर्ने बताए ।


गृह मन्त्रालयले अनियन्त्रित मदिरा बिक्री–वितरण, लागूपदार्थ सेवन र इन्टरनेटलगायत कारणले बलात्कार र महिला हिंसाका घटना बढेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध अभियान सुरु गर्ने भएको छ ।


बलात्कार घटना न्यूनीकरणका लागि देशव्यापी रूपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्ने निष्कर्षमा मन्त्रालय पुगेको छ ।


मन्त्रालयले केही दिनभित्रै देशव्यापी रूपमा ‘लागूपदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ पनि सञ्चालन गर्ने भएको छ ।


मदिराको व्यवस्थित बिक्री–वितरण र सेवनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएलगत्तै मन्त्रालयले अभियान थाल्ने जानकारी गृहका अधिकारीले दिए ।

प्रकाशित : भाद्र १४, २०७५ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?