१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नरभक्षी बाघ नियन्त्रणमा

रमेशकुमार पौडेल

चितवन — माडीमा मान्छे मार्ने बाघलाई बिहीबार साँझ चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । भदौ ७ गते बिहीबार जंगल जाँदा हराएका माडी नगरपालिका–९ गोविन्दवस्तीका ५६ वर्षीय जितबहादुर राई भोलिपल्ट मृत फेला परेका थिए । 

नरभक्षी बाघ नियन्त्रणमा

उनलाई बाघले आक्रमण गरेको पत्ता लागेपछि बाघ खोज्न स्थानीयले निकुञ्ज प्रशासनलाई दवाव दिएका थिए । निकुञ्जको टोली हात्तीसहित परिचालित थियो ।


नियन्त्रणमा लिएको बाघ वयस्क भाले भएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । त्यो बाघको अगाडिको एउटा खुट्टाको पञ्जाको नङ्ग्रा भाँच्चिएको उनले बताए । ठुला शिकार गर्न कमजोर भए बाघले मान्छे र घरपालुवा जनावरलाई आक्रमण गर्छ । यसअघि साउन २१ गते जगतपुरमा बाघले आक्रमण गर्दा एकजना महिलाको ज्यान गएको थियो ।


त्यो बेला पनि निकुञ्जले बाघलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको एक हप्तापछि बाघ पनि मरेको निकुञ्जका सुचना अधिकारी अर्यालले जानकारी दिए ।


‘त्यो बेला जगतपुरमा नियन्त्रणमा लिएको बाघ बुढो भएको थियो । शरिर भित्र पनि घाउहरु थिए । तीनवटा दाँत पनि झरेका थिए । नियन्त्रणमा लिएको एक हप्तापछि त्यो बाघ मरेको थियो’ अर्यालले भने ।


प्रकाशित : भाद्र १५, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?