२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

रासस

काठमाडौँ — वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको छ । 

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए ।


नाटककार स्व. बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गरेका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गरेका थिए ।


उनको विसं ००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको 'मेरो दिल टुक्रा टुक्रा...' बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित भएका थिए । उनले गाएको 'बिना बादल असिना झर्‍यो', 'फगत एक नजरमा' जस्ता दर्जनौँ सदाबहार गीत चर्चित छन् ।


विसं १९८२ असोज ३ गते शुक्रबार पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालको सुपुत्रका रूपमा काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको योगदान रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय रूपमा फैलिएको छ । उहाँका दुई छोरा, एक छोरी छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?