पाहुनाहरु धमाधम फर्किंदै

घनश्याम खड्का

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन सकेर शुक्रबार सदस्य देशका कार्यकारी प्रमुखहरु धमाधम फर्किंदै छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिहीबार आउँदै गर्दाको फाइल तस्बिर । कान्तिपुर ।

सबभन्दा पहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिहान १ बजे फर्किंदै छिन भने थाइल्याण्डका प्रधानमन्त्री प्रचुयत १:४०, म्यानमारका यिन मिन्ट ४ बजे र भारतका नरेन्द्र मोदी साँझ ६ बजे फर्किने तालिका भएको विमानस्थलको सुरक्षा निकायले जनाएको छ।

Yamaha

श्रील‌ंकाका राष्ट्रपति मैत्रिपाला सिरसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ बाङ्चुक भने शनिबार बिहान फर्कने छन्।

Esewa Pasal

प्रकाशित : भाद्र १५, २०७५ ११:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

रासस

काठमाडौँ — वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको छ । 

तस्बिर : अमृत दहाल

रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए ।

नाटककार स्व. बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गरेका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गरेका थिए ।

उनको विसं ००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको 'मेरो दिल टुक्रा टुक्रा...' बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित भएका थिए । उनले गाएको 'बिना बादल असिना झर्‍यो', 'फगत एक नजरमा' जस्ता दर्जनौँ सदाबहार गीत चर्चित छन् ।

विसं १९८२ असोज ३ गते शुक्रबार पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालको सुपुत्रका रूपमा काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको योगदान रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय रूपमा फैलिएको छ । उहाँका दुई छोरा, एक छोरी छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ११:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT