३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कृत

भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको देशव्यापी रुपमा विरोध भइरहेका बेला कञ्चनपुरका बेलडाँडी गाउँपालिकामा फेरी एक किशोरी बलात्कृत भएकी छिन् । बेलडाँडी गाउँपालिका–१ कि १५ वर्षीया किशोरी बिहीबार राति बलात्कृत भएकी हुन् । 

कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कृत

बिहीबार राति घरमा पुजा भएका बेला उनकै साथीले फोन गरेर बेलाएपछि केहि पर जाँदा किशोरी बलात्कृत भएकी हुन् । ४ जनाको समुहमा आएका उनकै साथीहरुमध्ये १ जनाले बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।


‘सामूहिक हो कि एकल हो भन्ने अझै यकिन भएको छैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले भने, ‘किशोरीको स्वास्थ्य परीक्षणपछि प्रहरीकै संरक्षणमा राखिएको छ ।’


राति अढाई/तीन बजेको समयमा छोरीको खोजी गर्ने क्रममा परिवारले नै घरभन्दा केहि परे भेटेपछि प्रहरीलाई खबर गरेको हो । आरोपीमध्ये २ जनाको पहिचान भईसकेको र थप २ जनाको पहिचानसँगै पक्राउ गर्न प्रहरी परिचालन गरिएको डिएसपी ओझाले बताए ।


प्रकाशित : भाद्र १५, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?