काठमाडौं घोषणा पत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न (घोषणा पत्रका प्रमुख बुँदाहरुसहित)

घनश्याम खड्का, कृष्ण आचार्य

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । राजधानी काठमाडौंमा भदौ १४ र १५ गते भएको सम्मेलन घोषणा पत्र जारी गर्दै समापन भएको हो ।

सम्मेलनमा सहभागी सातै देशका राष्ट्र र सरकार प्रमुखले कनेक्टीभिटीलाई जोड दिएका छन्। बिमस्टेक राष्ट्रहरुबीच राजमार्ग, रेल मार्ग, हवाई तथा जल मार्ग तथा विद्युत प्रसारण लाइनमार्फत जोड्ने विषयमा सहमति भएको छ।

त्यसैगरी सदस्य राष्ट्रहरुबीच सन् २०३० सम्म यस क्षेत्रबाट गरिवीको अन्त्य गर्ने कुरामा पनि सहमत भएका छन्। जुन राष्ट्र संघको दीर्घकालिन विकास लक्ष्य अनुरुप रहेका छन्।

त्यसैगरी बिमस्टेकका सदस्य राष्ट्रहरुबीच आतंकवाद र यससंग सम्बन्धित सबै प्रकारका कार्यहरुसंग लड्नका लागि सामुहिक पहल गर्ने कुरामा सहमति भएको छ। यसमा आतंकवादमा लगानी पनि रहेका छन्।

यस्तै घोषणा पत्रमा कृषि प्रविधिलाई साटासाट गर्ने, आतंकवाद विरुद्ध लड्ने, जलवायु परिवर्तनले पार्ने असरलाई न्यूनीकरण गर्दै लगिने, व्यापार र लगानी बढाउने, बिमस्टेक भिषाको लागि सहजीकरण गर्ने लगायतका विषय समेटिएको छ।

घोषणापत्रका प्रमुख बुँदाहरु:
  • बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।
  • स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
  • बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
  • बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।
  • बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
  • अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
  • यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
  • यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
  • बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिने
  • बिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
  • अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
  • आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।
  • जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।
  • बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
  • साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
  • कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
  • जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन संयन्त्रहरु निर्माण गर्न सहमत ।
  • बुद्ध सर्किट बनाउन सहमत ।
  • सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
  • पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
  • भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।

आज अपरान्ह ४ बजे नेपाल र भारतबीच दुईपक्षीय सम्झौता हुँदै छ। जनकपुर-काठमाडौं रेलवे को अध्ययन सम्भाव्यतामा सम्झौता हुँदै छ भने भोलि शनिबार श्रीलंकासँग पनि केही विषयमा सम्झौता हुने परराष्ट्र स्रोतले जनाएको छ।

आजै बिहान भएको थाइल्यान्ड र नेपालबीचको दुईपक्षीय बैठकमा थाइल्यान्डले १९ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री हस्तान्तरण गरेको थियो। भूकम्पकै बेला दिने भनेर थाइल्यान्डले भने पनि विविध कारणले दिन नसकिएको जनाएको थियो।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १५, २०७५ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कृत

भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको देशव्यापी रुपमा विरोध भइरहेका बेला कञ्चनपुरका बेलडाँडी गाउँपालिकामा फेरी एक किशोरी बलात्कृत भएकी छिन् । बेलडाँडी गाउँपालिका–१ कि १५ वर्षीया किशोरी बिहीबार राति बलात्कृत भएकी हुन् । 

बिहीबार राति घरमा पुजा भएका बेला उनकै साथीले फोन गरेर बेलाएपछि केहि पर जाँदाकिशोरीबलात्कृत भएकी हुन्। ४ जनाको समुहमा आएका उनकै साथीहरुमध्ये १ जनाले बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

‘सामूहिक हो कि एकल हो भन्ने अझै यकिन भएको छैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले भने, ‘किशोरीको स्वास्थ्य परीक्षणपछि प्रहरीकै संरक्षणमा राखिएको छ।’

राति अढाई/तीन बजेको समयमा छोरीको खोजी गर्ने क्रममा परिवारले नै घरभन्दा केहि परे भेटेपछि प्रहरीलाई खबर गरेको हो। आरोपीमध्ये २ जनाको पहिचान भईसकेको र थप २ जनाको पहिचानसँगै पक्राउ गर्न प्रहरी परिचालन गरिएको डिएसपी ओझाले बताए।

प्रकाशित : भाद्र १५, २०७५ १३:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT