१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भेटवार्ता सम्पन्न

काठमाडौँ — प्रधानमन्त्री केपी ओली र बिमस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भेटवार्ता सम्पन्न

दुई प्रधानमन्त्रीकै उपस्थितिमा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा समेत हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणकै बेला दुई देशबीच यससम्बन्धी सहमति भएको थियो ।

भेटवार्ता पछि प्रधानमन्त्री ओलीले नेपाल-भारत द्विपक्षीय हितका विषयमा सौहार्दपूर्ण वार्ता भएको बताएका छन् । उनले आफ्नो ट्वीटरमा बिम्स्टेकको चौथो शिखर सम्मेलन भव्यताका साथ सफल पार्न समकक्षी मोदीको सहयोग रहेकोसमेत उल्लेख गरेका छन् ।

यही भ्रमणका क्रममा मोदीले भारतीय सहयोगमा पशुपति मन्दिर क्षेत्रमा निर्माण गरिएको धर्मशालासमेत हस्तान्तरण पनि गर्नेछन् । यसअघि बल्क कार्गोसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने बताइएपनि तयारी पूरा नभएका कारण उक्त सम्झौता नहुने भएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?