कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पुस्तकको शीर्षक १८०९ शब्द !, नेपाली युवाले राखे विश्व किर्तिमान

काठमाडौँ — तपाईंले पढेका पुस्तकमध्ये सबैभन्दा लामो शीर्षक भएको पुस्तक कुन हो ? त्यसको शीर्षक कति लामो छ ? दुई, चार, छ, आठ वा दश शब्द । तर, २० वर्षीय मेडिकल साइन्सका विद्यार्थी सृजन तिमिल्सिनाले आफूले लेखेको पुस्तकको शीर्षक १ हजार ८ सय ९ शब्दको राखेका छन् ।

पुस्तकको शीर्षक १८०९ शब्द !, नेपाली युवाले राखे विश्व किर्तिमान

उनको पुस्तकको शीर्षक विश्वकै सबैभन्दा लामो भएको भन्दै गिनिज वर्ल्ड रेकर्डले सृजनलाई प्रमाणपत्र समेत उपलब्ध गराइसकेको छ ।


‘द ब्रेन’ उपशीर्षsको पुस्तक ५० पृष्ठको छ । उक्त पुस्तकको शीर्षक पुष्टि भएपछि राजधानीको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा आयोजित कार्यक्रममा उनलाई प्रमाणपत्र प्रदान गरिएको छ । उनले कक्षा ११ र १२ को अध्ययन सेन्ट जेभियर्समा अध्ययन गरेका थिए ।


सृजनले मस्तिष्कको विकासबारे पुस्तक लेखेको बताए । राजधानीको एक विद्यालयमा कक्षा८ मा अधययन गर्दादेखि नै पुस्तक लेख्न सुरु गरेको सृजनले बताए । उनी हाल किस्ट मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छन् ।

सिर्जनका बाबु सन्तोष तिमिल्सिना छोराले सानैदेखिको रुचीअनुसार मानव विकाससम्बन्धी खोजमूलक सामग्री अध्ययन गर्दै आएको बताए ।


उनले नेपाली भएको नाताले आफ्नो देशको कुनै व्यक्तिले विश्व कीर्तिमान राख्दा पनि खुसी लाग्नेमा छोराकै मेहनत सफल भएको भन्दै निकै गर्व महसुस भएको जनाए । उनले भने, ‘मेरो छोराले केही हदसम्म भए पनि नेपाललाई विश्वचित्रमा चिनाउन सहयोग गरेकोमा खुसी लागेको छ ।’

प्रकाशित : भाद्र १५, २०७५ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?