रक्सौल–काठमाडाैं विद्युतीय रेलमार्ग : भारतले सम्भाव्यता अध्ययन गर्ने

कृष्ण आचार्य

काठमाडौँ — रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको प्रारम्भिक प्राविधिक सम्भाव्यता अध्ययन (प्रिलिमिनरी इन्जिनियरिङ एन्ड ट्राफिक सर्भे) भारतले गरिदिने समझदारी भएको छ । 

प्रधानमन्त्री केपी ओली र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको अवसरमा नेपाल आएका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी (एमओयू) भएको हो।

Yamaha

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले हस्ताक्षर गरको एमओयू दुई प्रधानमन्त्रीले एक आपसमा हस्तान्तरण गरेका छन्।

समझदारी अनुसार भारत सरकारको लगानी रहेको कोंकन रेल्वे कर्पोरेसन लिमिटेडले रेलवे अध्ययन गर्नेछ। यसबारे नेपालको भौतिक मन्त्रालय, रेलवे विभागसहितका अधिकारीहरुसँग कम्पनीका उच्च अधिकारीले भेटवार्ता समेत गरिसकेका छन्। ‘अध्ययनका लागि कम्पनीका अध्यक्ष सञ्जय गुप्तासहित ४ जना अधिकारीहरु र हामीबीच वार्ता भइसकेको छ,’ रेलवे विभागका महानिर्देशक अनन्त आचार्यले भने, ‘आगामी ४ महिनामा अध्ययन सक्ने योजना छ।’ भारतले गर्ने अध्ययन लागत अनुदानअन्तर्गत हो।

विभागका अनुसार यो अध्ययनका लागि भारतको रेल मन्त्रालयले पहिले नै उक्त कम्पनी छनोट गरिसकेको थियो। एमओयूमा हस्ताक्षर हुन बाँकी नै रहेकाले काम भने सुरु गरेको थिएन।

उक्त कम्पनीले अध्ययन कार्य पूरा गरिसकेपछि अन्य अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी र निर्माण प्रक्रियाका लागि बाटो खुला हुनेछन्। ‘प्रारम्भिक तयारीअनुसार रक्सौलबाट निजगढ हुँदै काठमाडौंको चोभारमा रेलमार्ग बनाउन खोजिएको हो,’ विभागका महानिर्देशक आचार्यले भने। उनका अनुसार यो रेलमार्ग करिब १ सय २० किलोमिटर दूरीको हुनेछ।

प्रकाशित : भाद्र १५, २०७५ १६:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पुस्तकको शीर्षक १८०९ शब्द !, नेपाली युवाले राखे विश्व किर्तिमान

कान्तिपुर संवाददाता

काठमाडौँ — तपाईंले पढेका पुस्तकमध्ये सबैभन्दा लामो शीर्षक भएको पुस्तक कुन हो ? त्यसको शीर्षक कति लामो छ ? दुई, चार, छ, आठ वा दश शब्द । तर, २० वर्षीय मेडिकल साइन्सका विद्यार्थी सृजन तिमिल्सिनाले आफूले लेखेको पुस्तकको शीर्षक १ हजार ८ सय ९ शब्दको राखेका छन् ।


उनको पुस्तकको शीर्षक विश्वकै सबैभन्दा लामो भएको भन्दै गिनिज वर्ल्ड रेकर्डले सृजनलाई प्रमाणपत्र समेत उपलब्ध गराइसकेको छ।

‘द ब्रेन’ उपशीर्षsको पुस्तक ५० पृष्ठको छ। उक्त पुस्तकको शीर्षक पुष्टि भएपछि राजधानीको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा आयोजित कार्यक्रममा उनलाई प्रमाणपत्र प्रदान गरिएको छ। उनले कक्षा ११ र १२ को अध्ययन सेन्ट जेभियर्समा अध्ययन गरेका थिए।

सृजनले मस्तिष्कको विकासबारे पुस्तक लेखेको बताए। राजधानीको एक विद्यालयमा कक्षा८ मा अधययन गर्दादेखि नै पुस्तक लेख्न सुरु गरेको सृजनले बताए। उनी हाल किस्ट मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छन्।
सिर्जनका बाबु सन्तोष तिमिल्सिना छोराले सानैदेखिको रुचीअनुसार मानव विकाससम्बन्धी खोजमूलक सामग्री अध्ययन गर्दै आएको बताए।

उनले नेपाली भएको नाताले आफ्नो देशको कुनै व्यक्तिले विश्व कीर्तिमान राख्दा पनि खुसी लाग्नेमा छोराकै मेहनत सफल भएको भन्दै निकै गर्व महसुस भएको जनाए। उनले भने, ‘मेरो छोराले केही हदसम्म भए पनि नेपाललाई विश्वचित्रमा चिनाउन सहयोग गरेकोमा खुसी लागेको छ।’

प्रकाशित : भाद्र १५, २०७५ १६:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT