राहुल गान्धी काठमाडौं अाइपुगे

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौं अाइपुगेका छन् । उनी दिउँसो १:४५ मा इन्डिगो एअरलाइन्सबाट काठमाडौं उत्रिएका हुन् ।

विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार उनी एक रात ऱ्याडिसन होटलमा बस्नेछन्। स्रोतका अनुसार उनी मानसरोवर जानेछन्।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १५, २०७५ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यूईएफए अवार्डमा रियलको वर्चस्व

एजेन्सी

मोनाको — स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडीले बिहीबार राति मोनाकोमा भएको यूईएफए अवार्डमा वर्चस्व जमाएका छन् । 

क्रोएसियाका लुका मोड्रीच उत्कृष्ट मिडफिल्डरसँगै गत सिजनको उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षकमा रियलका केलर नाभास तथा डिफेन्डरमा रियलका कप्तान सर्जियो रामोस चुनिए । यसै सिजनको सुरुआतमा रियल म्याड्रिड छाडेर इटालीको युभेन्ट्स पुगेका क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फरवार्ड घोषित भए ।

गत सिजन रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउँदा रोनाल्डोले १५ गोल गरेका थिए । रियलले त्यसबाहेक यूईएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधि पनि हात पारेको थियो ।

प्रकाशित : भाद्र १५, २०७५ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT