१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एेन संशाेधन नभएकाे भन्दै चिकित्सक संघद्वारा आन्दोलन घाेषणा

अतुल मिश्र

काठमाडौँ — मुलुकी एेन संशोधनको प्रक्रिया अगाडि नबढाएकाे भन्दै नेपाल चिकित्सक संघले आइतबारदेखि देशव्यापी विरोधका कार्यक्रम संञ्चालन गर्ने निर्णय गरेको छ ।

एेन संशाेधन नभएकाे भन्दै चिकित्सक संघद्वारा आन्दोलन घाेषणा

भदौ १ गते देखि लागू भएको मुलुकी ऐन, मुलुकीअपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ऐनमा सरकारले संशोधनको प्रक्रिया अगाडि नबढाएकोले आकस्मिक बाहेकका सेवासम्म बन्द गर्ने गरी विरोधमा उत्रिएकाे संघले जनाएकाे छ ।

‘मन्त्री ज्युहरुसँग भेट्नजाँदा उहाँहरुले तपाईहरुसँग गलत भयो, तपाईहरुको माग जायज छ भन्नुहुन्छ तर व्यवहारमा केही गर्नु भएको देखिएन’, चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले कान्तिपुरसँग भने, ‘सरकार हाम्रो मागप्रति सम्वेदनशील नहुँदा बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हौं ।’


उनीहरुले स्वास्थ्य संस्था, चिकित्साकर्मीहरु माथि आक्रमण हातपात गर्नेलाई ‘जेल विदआउट वेल’ को प्रावधानसमेत लागु गर्न माग गर्दै देशव्यापी विरोध कार्यक्रम सार्वजनिक गरेका छन् ।


संघले अगामी आइतबार (भदौ १७ गते) देशभरीका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । यस्तै चिकित्सकहरुले सोमबार मुलुकभरीको स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने, मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने निर्णय गरेकाे छ ।


‘यति हुँदाहुँदै पनि सरकारले हाम्रो कुरा नसुने अगामी शुक्रबारदेखि आकस्मिक बाहेक बहिरंग लगायतका सबै सेवा माग सम्वोधन नभएसम्म बन्द गर्ने निर्णय गरेका छौं’, संघका अध्यक्ष डा.श्रेष्ठले भने ।


ऐनमा भएका विवादित दफा, उपदफा संशोधन गर्ने प्रतिबद्धता सरकारवाट जारी भएकोले भदौ १५ गतेसम्म संशोधन प्रक्रियाका लागि आन्दोलन स्थगित गरिएको उनले जनाए।

प्रकाशित : भाद्र १५, २०७५ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?