३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

उपप्रधानमन्त्री पोखरेल लेवनानतर्फ

काठमाडौँ — उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरीक्षण/अवलोकनका लागि शुक्रबार त्यसतर्फ गएका छन् ।

उपप्रधानमन्त्री पोखरेल लेवनानतर्फ

लेवनानमा रहँदा उनले नेपाली शान्ति सैनिकले बहन गर्दै आएको जिम्मेवारीबारे जानकारी लिनेछन् । त्यसक्रममा समकक्षी याकुब रियाद एल सर्राफसहित लेवनानका उच्च तहका पदाधिकारी तथा राजनीतिज्ञहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको पोखरेलको सचिवालयले जनाएको छ ।


राष्ट्रसंघले शान्ति मिसनमा सहभागी गराउँदै आएकोमा लेवनानस्थित युनिफिल मिसन नेपाली सेनाको सबैभन्दा पुरानो मिसन हो । सन् १९५८ देखि नेपाली शान्ति सैनिक यस मिसनमा खटिदै आएका छन् ।


हाल यूनिफिल मिसनमा नेपाली सेनाको श्री बरख गण र मिलिटरी अब्र्जभर तथा स्टाफ अधिकृत गरि ८ सय ७२ शान्ति सैनिक तैनाथ छन् । लेवनानको दुई दिने भ्रमण पूरा गरी उनी भदौ १९ मा त्यतैबाट पोल्याण्ड जानेछन् । पोल्याण्ड सरकारले आयोजना गर्न लागेको ‘डिफेन्स एक्सपो’ मा सहभागी भई उनी भदौ २३ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित : भाद्र १५, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?