कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भारत र बंगलादेशका प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना शुक्रबार साँझ स्वदेश फर्किएका छन् । 

भारत र बंगलादेशका प्रधानमन्त्री स्वदेश फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री मोदीलाई बिदाइ गरे । उक्त अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति थियो । त्यसअघि भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा आयोजित नवनिर्मित धर्मशाला हन्तान्तरण समारोहमा सहभागी भएका थिए । बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन मोदी बिहीबार काठमाडौँ आएका थिए ।


यस्तै, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गरे । बिम्स्टेकमा भाग लिनका लागि बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार काठमाडौँ आएका थिए ।

प्रकाशित : भाद्र १५, २०७५ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?