३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बालसेना विष्टद्वारा सर्वोच्चमा रिट

रासस

काठमाडौँ — थाइल्यान्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानूनीरुपमा विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना लेनिन विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । 

बालसेना विष्टद्वारा सर्वोच्चमा रिट

गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई शुक्रबार विष्टले दायर गरेको रिट निवेदनमा थाइल्यान्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानुनविपरीत जानबाट रोक लगाएको उल्लेख छ ।


विष्टमाथि पूर्व बाललडाकू सङ्गठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको पत्रमा आफैँ विदेश जान लागेको आरोप छ ।


प्रकाशित : भाद्र १५, २०७५ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?