भारतमा पक्राउ परे गुण्डा दावा लामा

जनकराज सापकोटा, सुरेशराज न्यौपाने

काठमाडौँ/भारत — गुण्डागर्दीमा सक्रिय दावा लामा भनिने जितेन्द्र तामाङ पक्राउ परेका छन् । उच्च स्रोतका अनुसार भारतीय प्रहरीले उनलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ३ नम्बर टर्मिनलबाट पक्राउ गरेको हो । लामा दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा थिए ।

उनी सहित ३ जना टर्मिनलमा बसिरहेको बेला पक्राउ गरिएको हो। तीन जनासँगै रहेपनि भारतीय प्रहरीले २ जनालाई मात्रै पक्राउ गरेका छ।

Yamaha

पक्राउ परेका दुवै जनालाई एयरपोर्ट नजिकैको दिल्ली पुलिसको थानामा राखिएको छ। उच्च स्रोतका अनुसार लामालाई सुराकीको आधारमा समातिएको हो।

लामा तरुण दल काभ्रेका कार्यबाहक अध्यक्ष समेत हुन्। लामालाई पक्राउ गरिएकोमा नेपाली कांग्रेसको भातृ संगठन तरण दल विरोध गर्दै सकुशल रिहा गर्न माग गरेको छ।


निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको राजधानीकाे शान्तिनगरमा गोली हानी हत्या भएपछि प्रहरीले दावा लामाको खोजी गरेको थियो। उक्त हत्याकाण्डका मुख्य नाइके भनिएका बुटवलका मनोज पुनसँग दावाको प्रतिस्पर्धा रहेको आधारमा प्रहरीले उनीमाथि शंकाको सुई सोझ्याएको थियो।

जेठ १५ मा प्रहरी परिसर काठमाडौंले नेपालमा बसेर अन्तराष्ट्रिय फुटबल तथा क्रिकेट प्रतियोगिताको अनलाईन बेटिङ (सट्टेबाजी) गरेको आरोपमा पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक अन्जन केसी सहित ६ जना पक्राउ गरेको थियो।

त्यसलगत्तै महानगरीय अपराध महाशाखाले असार १० मा आइपीएल क्रिकेटको अनलाइन सट्टेबाजीका मुख्य नाइके भनिएका नागराज भनिने नथमल अग्रवाललाई पक्राउ गरेको थियो।

लामालाई राखिएको दिल्लीस्थित प्रहरी भवन। तस्बिरः सुरेशराज न्यौपाने/कान्तिपुर

यी दुवै घटनामा प्रहरीले अनलाइन सट्टेबाजीमा दावा लामाको समेत संग्लनता रहेको बताएको थियो। उच्च स्रोतका अनुसार प्रहरीले लामालाई यस घटनालगत्तै खोजी गरिरहेको थियो।

अपराधको संसारमा लामाको नाम नयाँ भने होइन। गुण्डागर्दीको संसारमा परिचित काभ्रेका गणेश लामासँग निकट रहेको काम गरेका दावा पछिल्ला वर्षहरुमा भने आफैले गुण्डा समूह निर्माण गरेका थिए।

२०७३ चैतमा गौरीघाटको एक जिम क्लबबाट निस्कदै गर्दा लामामाथि गोली प्रहार भएको थियो। घुडाँमुनी गोली लागेर बाँचेका लामा अत्तरखेलमा रहेको मेडिकल कलेजमा उपचार गराएका थिए।

२०७१ भदौमा महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले पनि लागू औषध बोकेको आरोपमा लामालाई समातेको थियो। त्यसबेला लामामाथि ललितपुरका व्यपारी राजन श्रेष्ठमाथि खुकुरी प्रहार गरेको आरोप लागेको थियो।

प्रकाशित : भाद्र १६, २०७५ १२:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपालद्वारा मलेसिया १९ रनले पराजित [अपडेट]

सुबास हुमागाईं, विनोद पाण्डे

काठमाडौँ — एसिया कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई १९ रनले पराजित गरेको छ । वर्षाका कारण ३०/३० ओभरमा छुट्याइएको खेलमा नेपालले ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो । १८९ रनको विजय लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

फाइल फोटोः रमन सिवाकोटोको फेसबुकबाट साभार ।

मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपालका लागि आरिफ शेखले नट आउट ६४ रन र दीपेन्द्रसिंह ऐरीले ५४ रनको योगदान दिए ।

यी दुई खेलाडीले छैटौं विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले राम्रो योगफल खडा गरेको हो।

आज बिहान नेपाली समयअनुसार सवा ७ बजे खेल हुनुपर्ने भएपनि वर्षाका कारण केहीबेर ढिला भएको थियो। मलेसियाले टस जितेर फिल्डिङ रोजेको थियो। खेल ३०-३० ओभरमा छोट्याइएको थियो।

नेपालले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेको थियो । जितसँगै नेपालले छनौट खेलको फाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ । छनौट खेलको विजेताले एसिया कप खेल्न पाउनेछ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT