कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कञ्चनपुर र जुम्ला घटनाको भर्त्सना

काठमाडौँ — अन्तर्राष्ट्रिय सोसलिस्ट युथ युनियनले कञ्चनपुर र जुम्लामा शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको विरोध गरेको छ । 

कञ्चनपुर र जुम्ला घटनाको भर्त्सना

युनियनले सरकारलाई स्वतन्त्र, निष्पक्ष न्यायसम्पादन गर्न र मानव अधिकार रक्षा गर्न आग्रह गरेको छ ।


कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय युवक सुन्नी खुनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए ।


युनियनले डा. गोविन्द केसीले पक्षमा जुम्लामा भएको प्रदर्शनमा भएको प्रहरी दमनले मानव अधिकार उल्लंघन भएको जनाएको छ ।


केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै तरुण दलको अगुवाइमा काठमाडौंमा भएको प्रदर्शनमा दलका अध्यक्ष जितजंग बस्नेतप्रति लक्षित गरी प्रहरीले आक्रमण गरेको युनियनको दाबी छ ।

प्रकाशित : भाद्र १६, २०७५ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?