कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सरकार म्याराथन गतिमा दौडिरहेको नेता भट्टराईको दाबी

आनन्द गौतम

ताप्लेजुङ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सरकार म्याराथनको गतिमा दौडिरहेको दाबी गरेका छन् । 

सरकार म्याराथन गतिमा दौडिरहेको नेता भट्टराईको दाबी

गृह जिल्ला ताप्लेजुङमा नेपाल प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा उनले कहाँ पुग्नु छ र कति समय लाग्छ भन्ने योजनासहित सरकार दौडिएको बताए । ‘सरकारका बारेमा धेरै सार्वजनिक प्रश्न उठेका छन्, यस्ता टिप्पणीले सरकारलाई झक्झक्याउँछ,’ भट्टराईले भने, ‘छ महिनामा धेरै चमत्कार भएको छैन, हामी म्याराथन धावक हौं, आफ्नो लयमा दौडिएका छौं ।’ पाँच वर्षको समयलाई दृष्टिगत गरेर काम गरेको दाबी गर्दै सय मिटर दौडनु जस्तो हतारमा दौडनु नपरेको उनको प्रस्टोक्ति छ ।


भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै उत्तर र दक्षिणका छिमेकीसँगको सम्बन्ध सुधारेको दाबी गरे । ‘कहिले उत्तर र दक्षिण भनेर चर्चा हुन्थ्यो चीनसँग मित्रता छँदै थियो, भारतसँगको पनि सुमधुर भएको छ,’ उनले भने, ‘रक्सौल-काठमाडौं रेलमार्ग एक वर्षमा सक्ने गरी सम्झौता भएको छ ।’


उनले पार्टी विभाजन जस्तो सजिलो एकता व्यवस्थापन नभएको बताए । ‘व्यत्तिका भावना, अपेक्षा, सिद्धान्त सबै कुरा मिल्नुपर्छ, हामी यी सबै कुरा मिलाएर यही महिनाको मसान्तसम्ममा टुग्याइसक्छौं,’ भट्टराईले थपे, ‘बाहिर हल्ला भएजस्तो एमालेलाई यति, माओवादीलाई यति भन्ने भागबण्डा छैन, योग्यतमहरुलाई जिम्मेवारी दिइन्छ ।’ मसान्तसम्ममा विभागीय कमिटीहरुको केन्द्रीय समिति पनि टुंगो लाग्ने बताए ।

भट्टराईका अनुसार प्रेस संगठन एकतापछिको पहिलो पत्रकार सम्मेलन ताप्लेजुङमा भएको हो । तर, जिल्ला संगठन भने एक भइसकेको छैन ।

प्रकाशित : भाद्र १६, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?