२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पश्चिम सेती तामाकोसी मोडेलमा बनाऊ : देउवा

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलाशययुक्त आयोजना माथिल्लो तामाकोसी मोडेलमा बनाउन सरकारलाई आग्रह गरेका छन् । चिनियाँ कम्पनी थ्री गर्जेजले ७५० मेगावाटको आयोजनामा लगानी नगर्ने संकेत सरकारलाई दिएपछि देउवाले ७ नं. प्रदेशका लागि मात्र नभई मुलुककै लागि महत्त्वपूर्ण आयोजना स्वदेशी लगानीमा निर्माण गर्न आग्रह गरेका हुन् ।

पश्चिम सेती तामाकोसी मोडेलमा बनाऊ : देउवा

उनले ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई फोन गरी तामाकोसी मोडेल सफल रहेको उदाहरण दिँदै त्यही ढाँचामा पश्चिम सेती आयोजना अघि बढाउन आग्रह गरेका हुन् । ‘सरकार, नेपाली जनता र स्थानीयवासीको लगानीमा बनिरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसीको मोडेल सफल र उदाहरणीय छ,’ देउवाको भनाइ थियो, ‘पश्चिम सेती पनि सरकार, नेपाली जनता र स्थानीयवासीको सेयरमा निर्माण गर्ने प्रक्रिया अघि बढाऔं । त्यसरी बनाउँदा आयोजना सफल हुन्छ ।’


देउवाले शनिबार टिवट गरी पश्चिम सेतीलाई तामाकोसी मोडेलमा बनाउन सकिने उल्लेख गरेका छन् । ‘पश्चिम सेती जलाशययुक्त आयोजनाले सुदूरपश्चिमलाई मात्र होइन सिंगै मुलुकको कायाकल्प गर्नेछ । त्यही कारण परिवर्तित सन्दर्भमा पश्चिम सेतीलाई माथिल्लो तामाकोसी आयोजना बनाएजसरी नै नेपाली जनताबाट निर्माण गर्न सकिन्छ ।’

प्रकाशित : भाद्र १६, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?