२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चिकित्सक आन्दोलित, आकस्मिकबाहेक सेवा ठप्प

काठमाडौँ — भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा डाक्टरहरूले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् ।

चिकित्सक आन्दोलित, आकस्मिकबाहेक सेवा ठप्प

बिरामीको ज्यान बचाउने सफा नियतले आफूले भ्याएसम्म उपचार गर्दा केही अनपेक्षित घटना भए चिकित्सकलाई ज्यानमारासरह व्यवहार गर्ने कानुन संशोधन गर्न माग गर्दै उनीहरूले संगठित विरोध सुरु गरेका हुन् ।

नेपाल चिकित्सक संघको आह्वानमा उनीहरूले आइतबार नै मेडिकल काउन्सिलमा लाइसेन्ससमेत जम्मा गर्ने घोषणा गरेका छन् । आफ्ना मागप्रति सरकार संवेदनशील नभए शुक्रबारदेखि अनिश्चितकालीन रूपमा स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी संघले दिएको छ । ‘हामीले चिकित्सा पेसामा दण्डहीनताको स्थिति ल्याउन खोजेका होइनौं,’ संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले भने, ‘अपराधी अपराधी नै हो, चिकित्सक होस् वा अन्य । त्यसैले गल्ती गर्नेले मात्रै दण्ड पाउने व्यवस्था गर्नुपर्छ ।’

शंकाकै आधारमा वा कसैले उजुरी गरेकै आधारमा उपचार प्रक्रियामा संलग्न चिकित्सकलाई फौजदारी कानुनअन्तर्गत हिरासतमा राखेर छानबिन गर्न नहुने उनको भनाइ छ । बिरामीको उपचारक्रममा मृत्यु वा कुनै जटिलताले गर्दा थप समस्या भए ज्यानमारासरह सजाय हुने प्रावधान हटाउन उनले माग गरे ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?