कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

काठमाडाैं विमानस्थल ११ घण्टादेखि अवरुद्ध

सुरज कुँवर

काठमाडौँ — शनिबार राति ८ बजेर ३५ मिनेटदेखि अवरुद्ध भएकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अझै संचालनमा अाएकाे छैन । अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानतर्फ धाँसिएकाे यती एयरलाइन्सकाे विमान हटाउने प्रयास जारी छ ।

काठमाडाैं विमानस्थल ११ घण्टादेखि अवरुद्ध

मुलुककाे एकमात्र अन्तरराष्ट्रिय विमानस्थल बन्द भएपछि शनिबार रातियता २ दर्जन बढी अान्तरिक र अन्तरराष्ट्रिय उडान ठप्प भएका छन् । यी उडानबाट काठमाडाैं बाहिर जाने सयाैं यात्रु त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् ।

विमानलाई धावनमार्गबाट निकाल्न कठिनाई भइरहेकाे एक पाइलटले बताए । उनका अनुसार यस विमानकाे ल्याण्डिङ गियर भाँचिएकाे छ । अर्काे पांग्रा फेर्न सक्ने सम्भावना छैन । लगातारकाे वर्षा र हिलाेकाे कारण जहाज निकाल्न कठिनाई भइरहेकाे उनले बताए ।

उक्त विमानमा चालक दलसहित २१ जना यात्रु थिए । याे विमान नेपालगञ्जबाट क्याप्टेन लाभिस च्नद र भर्खरै क्याप्टेन भएकी एलिसा सिजापतिले उडाएका थिए ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहान ८ बजे दिएकाे जानकारी अनुसार १५ मिनेटभित्रमा विमानस्थल सुचारु हुने बताएका छन् । उनले जहाजलाई निकाल्ने काम सकिन लागेकाे बताए ।

प्रकाशित : भाद्र १७, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?