काठमाडाैं विमानस्थल १२ घण्टापछि संचालनमा

सुरज कुँवर

काठमाडौँ — शनिबार राति ८:३५ देखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १२ घण्टापछि संचालनमा अाएकाे छ । अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानतर्फ धाँसिएकाे यती एयरलाइन्सकाे विमान हटाएपछि विमानस्थल संचालनमा अाएकाे हाे ।

काठमाडाैं विमानस्थल १२ घण्टापछि संचालनमा

मुलुककाे एकमात्र अन्तरराष्ट्रिय विमानस्थल बन्द भएपछि शनिबार रातियता अान्तरिक र अन्तरराष्ट्रिय उडान ठप्प भएका थिए ।

नेपालगञ्जबाट काठमाडाैं उत्रिएकाे उक्त विमानमा चालक दलसहित २१ जना यात्रु थिए । जहाजमा रहेका ५ यात्रुलाई सामान्य चोट लागेको थियाे । चालक दल र अरु यात्रुको अवस्था सामान्य छ । अवतरणका क्रममा जहाज चिप्लिँदा अगाडिकाे ल्याडिंग गियर भाँच्चिदाँ विमान धावनमार्गमै अड्किएकाे थियाे ।


विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहान ८:३० बजे चिप्लिएकाे विमान धावनमार्गबाट हटाएर विमानस्थल संचालनमा अाएकाे बताए । लगातारकाे वर्षा र हिलाेका कारण विमान हटाउन ढिलाई भएकाे थियाे । दर्जनाैं उडान राेकिँदा सयाै‌ं यात्रु विमानस्थलमा अलपत्र परेका थिए ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?