कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

युथ यूनियनद्वारा न्यायिक छानबिन माग 

काठमाडौँ — सोसलिष्ट इन्टरनेसनलको युथ यूनियनले नेपाली कांग्रेसको भातृसंस्था तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) को शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले गरेको दमनको भत्र्सना गरेको छ । 

युथ यूनियनद्वारा न्यायिक छानबिन माग 

चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्वद्धता जनाउदै नेपाल तरुण दलले राजधानीमा निकालेको प्रदर्शन र कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको घटनाको विरोधमा निकालेको जुलुसमा प्रहरीले दमन गरेको उल्लेख गर्दै सरकारलाई विश्यव्यापी मानवअधिकारको रक्षा र सम्मान गर्न आग्रह गरेको छ ।


राजधानीमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतप्रति लक्षित गर्दै प्रहरीबाट भएको आक्रमण मानवअधिकारको उल्लंघनको रुपमा यूनियनले लिएको छ ।


त्यस्तै कञ्चनपुरमा नेविसंघ र स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउँदा १७ वर्षीय युवक सुन्नी खुनाको निधन हुनु पुगेको घटनालाई पनि यूनियनले सरकारको ध्यानआकर्षण गरेको छ । उसले कञ्चनपुरमा मानसिक रोगीलाई गिरफ्तार गरेर वास्तविक दोषीलाई राज्यबाट संरक्षण भइरहेको व्यापक आशंकलाई बल पुग्ने काम सरकारले गरिरहेको आरोप लगाएको छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?