१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा

काठमाडौँ — भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरु नारा लगाउँदै नयाँ बानेश्वर चोकमा पुगेर कोणसभा गरेका छन् ।

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा
चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा

बिरामीको ज्यान बचाउने सफा नियतले आफूले भ्याएसम्म उपचार गर्दा केही अनपेक्षित घटना भए चिकित्सकलाई ज्यानमारासरह व्यवहार गर्ने कानुन संशोधन गर्न माग गर्दै उनीहरूले संगठित विरोध सुरु गरेका हुन् । नेपाल चिकित्सक संघको आह्वानमा उनीहरूले आइतबार नै मेडिकल काउन्सिलमा लाइसेन्ससमेत जम्मा गर्ने घोषणा गरेका छन् । आफ्ना मागप्रति सरकार संवेदनशील नभए शुक्रबारदेखि अनिश्चितकालीन रूपमा स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी संघले दिएको छ ।

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा


प्रकाशित : भाद्र १७, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?