कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्ने बताएका छन् । गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले २०७२ साल असोज ३ गतसंविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुशियालीको रुपमा आएको संविधान पनि जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनुपर्ने बताए ।


उनले यस दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र नबनाइ शैक्षिक संस्था, स्थानीय तह लगायतका अन्य निकायहरुले पनि आ–आफ्नो ढंगबाट विविध कार्यक्रम आयोजना गरेर मनाउन आग्रह गरे । ‘संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाती, महिला, दलित, मधेस, पहाड, हिमाल सबैको उत्सवको दिन हो,’ उनले भने, ‘यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।’


प्रधानमन्त्री ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञाप्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोबाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गरे ।


प्रकाशित : भाद्र १७, २०७५ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?